• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

रत्ननगरको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ‘स्वर्णविन्दु प्राशन’ शुभारम्भ

  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा एक समारोहबीच स्वर्णविन्दु प्राशन कार्यक्रमको शुभारम्भ गरिएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्यमन्त्री कृष्ण थापामगरले बालबालिकालाई स्वर्णविन्दु खुवाएर सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।  सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री कृष्ण थापामगरले प्रादेशिक अस्पतालको रुपमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तर वृद्धि र भौतिक पूर्वाधारसहित २५ बेड क्षमताको अस्पतालका रुपमा सेवा सुरू भएको र अस्पतालमा थप प्रविधि र कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयले कुनै सम्झौता नगर्ने बताए ।

    आयुर्वेदका १३ प्रकारका औषधिमध्ये १० प्रकारका औषधि सो चिकित्सालयअन्तर्गतको औषधि उत्पादन केन्द्रबाट उत्पादन हुँदै आएको र केही महिनापछि थप नौ प्रकारका औषधि उतपादन गर्ने योजना रहेको उनले सुनाए । उनले बागमती प्रदेशका १३ जिल्लालाई पुग्ने औषधि यसै केन्द्रबाट उत्पादन गर्न सकिने बताए । स्वर्णविन्दु प्राशन बच्चाहरुको वृद्धि विकास, मानसिक विकास र रोग प्रतिरोधी क्षमता बढाउनका लागि मह¤वपूर्ण रहेको जानकारी दिँदै यस चिकित्सालयबाट हरेक महिना ९ गते ५०० बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुने उनले बताए । सो कार्यक्रममा प्रमिला दुवाडीले स्वर्णविन्दु प्राशनसँगै पञ्चकर्मको उपचार गरेपश्चात् आफ्नो बच्चामा अटिजमको समस्या ८० प्रतिशत समाधान भएको भन्दै बालबालिकाको निम्ति स्वर्णविन्दु प्राशन अत्यन्तै उपयोगी रहेको बताइन् ।

    चिकित्सालयका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख डा. कोपिला अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै आर्थिक वर्ष २०८१–०८२ मा तीन हजार २३४ बालक र दुई हजार ६९३ बालिका गरी पाँच हजार ९२७ बाबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको र हरेक महिना ५०० बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइने जानकारी दिइन् । Paid Ads कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णप्रसाद खनालले सबैको अथक प्रयासबाट भौतिक निर्माणलगायत चिकित्सालयको स्तर वृद्धि गर्न सफल भएको भन्दै अब आवश्यक कर्मचारीको व्यवस्थापन र सुरक्षागार्डको व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीलाई आग्रह गरे ।

    डा. देवेन्दकुुमार यादवले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, आयुर्वेद औषधि उत्पादनकेन्द्रका डा. सुरेश महर्जन, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झा, स्वास्थ्य आपूर्तिकेन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रञ्जन अवालगायतको सहभागिता रहेको थियो । कार्यक्रमपश्चात् स्वास्थ्यमन्त्रीसहितको टोलीले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय तथा आयुर्वेद औषधि उत्पादनकेन्द्रको अवलोकन गरेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.