• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा ८८ प्रतिशत रोपाइँ सकियो, पश्चिम चितवनमा २५ प्रतिशत अझै बाँकी

  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–२५का कृष्ण न्यौपानेले असार महिनामा धान रोप्नेगरी बीउ तयार गरेका थिए । पानी नपर्दा उनले अहिलेसम्म धान रोप्न पाएका छैनन् । बाह्र बिगाहामा खेत रोप्दै आएका न्यौपाने धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा छन् । ‘असारमा रोप्न भन्दै धानको बीउ राखेको चालिस दिन भइसक्यो । बीउ बुढो भएको छ’, न्यौपानेले भने ‘ठुलो पानी नपर्दा हामी जस्तो किसानलाई ज्यादै समस्या छ ।’ उनले बाह्र विगाहा क्षेत्रफललाई पुग्ने धानको बीउ राखेका थिए ।

    सिँचाईको सुविधा भएको आठ बिगाहा क्षेत्रफलमा धान रोपिसकेका छन् । चार बिगाहा क्षेत्रफलमा धान रोप्न बाँकी रहेको उनले सुनाए । खेतमा बोरिङ रहेपनि बिजुली र खेतलाको पैसाले धान्न नसक्ने उनले बताए । ‘बोरिङ त छ । त्यहाँबाट पानी निकालेर दिनमा भरिमा पाँच कठ्ठाभन्दा बढी रोप्न सकिँदैन’, उनले भने ‘दिनभरी जोतेको ट्याक्टरलाई दिने पैसा पनि उठ्दैन ।’ उनले २२ दिन अगाडि धान रोप्ने गरी धानको बीउ तयार गरेका थिए । पश्चिम चितवनमा साउनको आधा महिना सकिन लाग्दासम्म २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन । कृषि विकास कार्याल चितवनका अनुसार समयमा पानी नपर्दा भरतपुर महानगरपालिका भित्र धान रोपाइँमा ढिलाई हुँदै गएको हो ।

    कार्यालयको तथ्यांक अनुसार भरतपुर महानगरपालिका भित्र ७५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यहाँ ९ हजार ७ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ । चितवनको समग्र रुपमा हेर्दा ८८ दशमलव ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको कृषि कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलले जानकारी दिइन् । ढिलो गरी मनसुन सुरु हुनु र सिँचाइ सुविधा उपलब्ध नहुँदा रोपाइँ गर्न ढिला भएको उनले बताइन् । उनका अनुसार भरतपुर महानगरपालिकामा सबैभन्दा कम रोपाइँ भएको छ । भरतपुर महानगरपालिकामा केही भागमा आकाशे पानीको भरमा समेत रोपाइँ हुँदै आएको छ । नारायणी लिफ्टबाट पानी छाडिएपनि सबै क्षेत्रमा पुग्न नसकेको कार्यालयको भनाई छ ।

    पूर्वि चितवनमा सिँचाइको राम्रो व्यवस्था छ । यहाँ चैते धान समेत रोप्ने गरिन्छ । पश्चिम चितवनमा नजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटर समेत लगाएर पानी तान्न पाउँदैनन् । राप्ती नगरपालिकामा सत प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको पौडेलले जानकारी दिईन् । राप्तीमा ३ हजार १६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस्तै खैरहनी नगरपालिकामा ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यहाँ ३ हजार ५५८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । पूर्वि चितवनको रत्ननगर नगरपालिकामा ९८ प्रतिशत, कालिका नगरपालिकामा ९४ प्रतिशत, माडी नगरपालिकामा ९२ प्रतिशत र इच्छाकामना गाउँपालिकामा ९५ प्रतिशत क्षेत्रफल रोपाइँ भइसकेको कृषि विकास कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । रत्ननगर, कालिका, माडी र इच्छाकामनामा क्रमशः ३ हजार ३ सय, २ हजार ४७५, ४ हजार ८२० र १९४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्दछ ।

    चितवनमा २७ हजार २ सय ७ हेक्टर क्षेत्रफलमा बर्षे धान रोप्ने गरिन्छ । चितवनमा एक साताभित्र रोपाइँ सकिने अनुमान सूचना अधिकारी पौडेलको छ । ‘ढिलो रोपाइँ हुने मकवानपुरको राक्सिराङ गाउँपालिकामामा साउन २० गतेसम्म सकिने अनुमान गरिएको छ । पालिकाका कृषि प्राविधिकले दिएको सूचनालाई आधार मान्दा एक साताभित्र चितवनमा रोपाइँ सकिन्छ’–उनले भनिन । पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिचाइँको नहर र नारायणगढ बसपार्क नजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँको लागि प्रयोग गर्ने गरिन्छ ।

    यी नहर छाडिएको छ । तर चर्को खडेरी परेका कारण पुरै क्षेत्रमा पुग्न सकेको छैन । कृषि कार्यालय चितवनको गत वर्षको रिपोर्ट अनुसार चितवनमा ४२ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती योग्य जमिन छ । त्यसमध्ये ६१ दशमलव ८ प्रतिशत क्षेत्रफलमा सिँचाइँ पुगेका छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.