चितवन । संसदीय दलको नेताबाट हैसियत गुमाई सकेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री लामाले चितवनका दुई जना सांसद माया श्रेष्ठ र गीता गुरुङका साथै गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त भएका श्रेष्ठ र गुरुङको जिम्मेवारी तोकिएको छैन । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आन्तरिक समस्याका कारण लामा नेतृत्वको सरकारबाट ५ जना मन्त्रीले राजीनामा दिएका थिए भने उनीहरुको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्रीले बर्खास्त गरेका थिए । मन्त्री बिहीन रहेका पाँच मन्त्रालयका लागि मुख्यमन्त्रीले आज तीन जना नयाँ मन्त्री नियुक्त गरेका हुन् ।








