एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ । गएराति भएको खेलमा एभर्टनले फुलहमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । फुलहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले दुई गोल गरे । यस्तै आब्डुलाए डोउकोरेले एक गोल गरे । लहमका बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल फर्काए । खेलको पहिलो मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । १५ औं मिनेटमा रेइडले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए । २९ औं मिनेटमा लेविनले दोस्रो गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए । खेलको ३५ औं मिनेटमा डोउकोरेले गोल गर्दा एभर्टन ३-१ ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा फुलहमका इभानले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । त्यसपछि खेलको ७० औं मिनेटमा फुलहमका रुबेनले गोल गरेपनि एभर्टन ३-२ ले विजयी भयो ।जितसँगै एभर्टनले ९ खेलमा १६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । फुलहम ४ अंक जोडेर १७ औं स्थानमा रहेका छन् ।








