• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन्, स्थानीय तह

  •   सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भजनी । स्थानीय सरकारसँग प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले प्रदेशको भन्दा सङ्घीय सरकारको समन्वय र सहकार्य राम्रो रहेको जानकारी दिए । “प्रदेश सरकारका आफ्नै स्थानीय तहमा भइरहेका विकास आयोजनाकै बारेमा जानकारी हुँदैन । समन्वय नहुँदा कुनै आयोजनामा दोहोरो बजेटसमेत पर्ने गरेको छ”, नगर प्रमुख रावलले भने, “सङ्घीय सरकारका कार्यक्रमको नगरपालिकामा जानकारी हुन्छ । विकास आयोजनामा पनि दुई सरकारको समन्वय र सहकार्य देखिने गरेको छ । प्रदेश सरकार कहाँ, कुन योजना बनाउँछ ? यसका बारेमा नगरपालिकालाई जानकारी हुँदैन । आयोजना पनि कहिले कसले शुरु गर्छ कहिले कसले सम्पन्न गर्छ खै ?” जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले विकास निर्माणका सन्दर्भमा प्रदेश सरकारको समन्वय भइरहेको जानकारी दिए । विगतमा आफैँ योजना बनाउने, आफैँ काम गर्ने त्यसको जानकारी गाउँपालिकालाई नभए पनि चालू आर्थिक वर्षमा विकास आयोजनामा प्रदेशले गाउँपालिकासँग समन्वय गरेको उनले बताए । “सङ्घीय सरकारबाट ठूला र सीमित आयोजना हुने भएकाले पनि हुनसक्छ प्रदेशभन्दा बढी सम्पर्क र समन्वय त सङ्घसँग हुने गरेको छ”, उनले भने, “शुरुमा प्रदेश सरकारको भूमिका गौण थियो र हाम्रो अपेक्षा पनि प्रदेश सरकारसँग नभई सङ्घीय सरकारसँगै हुन्थ्यो । अहिले नजिकको सरकार पनि हाम्रा लागि प्रदेशकै हो ।” लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले स्थानीय तहसँग प्रदेश सरकारको भूमिका नै नदेखिएको बताए । “समपूरक र अनुदानमा हुने विकास कार्यक्रममा प्रदेशसँग समन्वय भएको देखिन्छ । निर्वाचित सांसदको कार्यक्रमसमेत नगरपालिकालाई थाहा हुँदैन र उहाँहरु हामीसँग कुनै पनि समन्वय गर्नु हुँदैन”, उनले भने, “प्रदेशको हाम्रो क्षेत्रमा कुनै योजना पनि छैन । सङ्घीय सरकारका यस क्षेत्रका सांसदको भूमिका र समन्वय राम्रो छ ।” जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले सङ्घ र प्रदेशको समन्वय राम्रो नभएको गुनासो गरे । “जति गरेका छौँ, आफ्नै बलबुताले गरेका छौँ । सामान्य केही परिपत्रका लागि नीति नियममा सङ्घीय सरकारसँग समन्वय हुन्छ”, उनले भने, “प्रदेश सरकारसँग त्यो पनि हुन सकेको छैन । हाम्रै क्षेत्रबाट निर्वाचित सांसदको काम र कर्तव्यसमेत गाउँपालिकालाई थाह हुँदैन ।” गोदावरी नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाले स्थानीय सरकारपछिको नजिकको सरकार प्रदेश सरकार भएको बताए । “प्रदेश र सङ्घलाई तुलना गर्दा सङ्घसँग बढी समन्वय र सहकार्य हुन्छ । यसक्षेत्रबाट निर्वाचित सांसदले पनि समन्वय गर्दै आएका छन्”, उनले भने, “प्रदेश सरकारका सांसदलाई खोज्नुपर्ने अवस्था छ । प्रदेशका योजना, बजेट कहाँ खर्च हुन्छ ? कसले खर्च गर्छ ? त्योसमेत नगरपालिकालाई थाह हुँदैन ।”

    समन्वय निरन्तर छः मन्त्री बोहरा
    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले भने, “स्थानीय सरकारसँग प्रत्यक्षरुपमा नजिकबाट जोडिएको छ ।” रासससित कुराकानी गर्दै उनले सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदले नै स्थानीय तहसँग विकास आयोजना लगायत अन्य कुराका लागि समन्वय गर्नुपर्नेमा जोड दिन्छन् । यसमा केही कमजोरी भएको हुनसक्ने भए पनि प्रदेश र मन्त्रालयकोतर्फबाट सबैसँग एकैखालको समन्वय भइरहेको उनले बताए । “सङ्घको नीति नियमलाई प्रदेश र स्थानीय तहले लागू गर्नुपर्छ । अहिले प्रदेशका सबै कानून बनिनसकेको अवस्थामा कतै समन्वय नभएको महसुस स्थानीय तहलाई लाग्न सक्छ”, मन्त्री बोहराले भने, “हामीबाट हुने समन्वय र सहकार्य निरन्तर भई नै रहेको छ ।  यसमा थप भूमिका आफ्नो क्षेत्रको प्रदेश सांसद देखिनुपर्ने हो । सबै कुरा हामीले मात्रै पनि गरेर हुँदैन । स्थानीय सरकारले प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नु पर्दछ ।”स्थानीय तहका लागि सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीका समयमा पनि प्रभावकारी काम गरेको जनाउँदै मन्त्री बोहराले भन्नुभयो, “कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले रु ७० करोड खर्च गरिसकेको छ । स्थानीय तहमा बजेट विनियोजन भएको छ । ” रासस

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.