• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा

  •   बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिका अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान् जगन्नाथको मूर्तिलाई रथयात्रामार्फत सार्वजनिक गरी भक्तजनका लागि प्रत्यक्ष रुपमा अवलोकन र दर्शन गराइएको हो ।

    तत्कालीन बाइसे चौबिसे राज्यको पालामा राजा दिलीपबम मल्लले गजन्नाथ मन्दिर बनाएर भगवान् जगन्नाथको प्राणप्रतिष्ठा गरेपछि हरेक वर्ष सरकारी भोज र भगवान्को मूर्तिको साफा परिवर्तन गर्ने चलन सुरु गरेको इतिहास रहेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए। “जगन्नाथ भगवान्को मूर्ति श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिनमा मात्रै रथयात्रा गरी सार्वजनिक गर्ने प्रचलन रहेको छ, एक दिनमात्रै भगवान्को मूर्तिलाई प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले यस दिन भक्तजनको भीडभाड हुने गर्छ”, उनले भने । म्याग्दीको बेनी नगरपालिकाका, रघुगङ्गा, मङ्गला गाउँपालिकाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट रथयात्रामा सहभागी हुन ठूलो सङ्ख्यामा भक्तजनहरु जगन्नाथ मन्दिरमा पुगेका थिए । भक्तजन, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेख्य सहभागितामा भजनकीर्तनसहित रथयात्रा गरिएको थियो ।

    विगतमा जगन्नाथ मन्दिर आसपासका बासिन्दाको सहभागितामा मात्रै रथयात्रा हुँदै आएकामा पछिल्लो समय जगन्नाथको महिमाका कारण टाढाबाट समेत भक्तजनको आगमन बढेको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव रामचन्द्र पौडेलले बताए। जगन्नाथ पुग्नका लागि सदरमुकाम बेनीदेखि पुलाचौर नयाँ गाउँ हुँदै जागने र बेनीदेखि तोरीपानी, ढोलथान हुँदै नयाँगाउँ भएर जगन्नाथ पुग्न सकिने सडकमार्ग निर्माण भएको छ । रथयात्रामा सहभागी हुन जगन्नाथ पुग्नुभएका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा नगरपालिकाले पहल गर्ने बताए । उनले धार्मिक र ऐतिहासिक महत्वका हिसाबले जगन्नाथ क्षेत्रको महिमा अत्यन्तै धेरै भएकाले यस क्षेत्रलाई देश–विदेशमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिनेमा जोड दिए ।

    विसं १५५० मा राजा दिलीपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । ५३१ वर्ष पुरानो जगन्नाथ मन्दिरलाई नेपालमै फरक स्वरुपमा पुनर्निर्माण गरिएको छ । मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु राखिएका छन् । तत्कालीन राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेको विश्वास छ । जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ । यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वाससमेत रहेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.