• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘स्वास्थ्य उपचारका लागि यहाँका नागरिकले खर्चिदै आएको पैसा र समयको बचत हुनेछ, स्वास्थ्य सेवासंगै रोजगारी र यहाँको व्यापार व्यवसायमा समेत फाइदा पुग्नेछ ।’ उहाँले ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेको भन्दै चितवन र गोरखाका व्यवसायीलाई धन्यबाद दिनुभयो । नीजि क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश स्वास्थ्यको हव बन्ने चरणमा रहेको भन्दै उहाँले युवा जनशक्तीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले चिसो हावापानीमा आफ्नै घरदैलोमा बिशेषज्ञ स्वास्थ्य सेवा पाउनु गौरबको बिषय भएको बताउनुभयो । उहाँले देशको चौतर्फी बिकासका लागि प्रदेश सरकार सबै निकायसंग सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

    गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले अस्पतालले स्वस्थ्य क्षेत्रमा दुर्गम भेगका नागरिकले भोगेको कष्टलाई निराकरण गर्ने बताउनुभयो । गोरखामा स्वास्थ्य क्षेत्रमा विकासको प्रारम्भ भएको भन्दै सेवाको अधिकतम उपभोग गर्न नागरिकलाई आग्रह गर्नुभयो । चितवन र गोरखाका ब्यवसायीहरु मिलेर ५५ करोडको लागतमा एनपिआई गोरखा अस्पताल निर्माण गरेका हुन । गोरखा नगरपालिका–८ को नमूना प्रतिक्षालय टोलमा निर्माण भएको अस्पतालबाट सबै प्रकारका विशेषज्ञ सेवा प्रदान गर्ने एनपीआइ गोरखा अस्पताल प्रालिका अध्यक्ष लेखराज पन्त (हरी)ले बताउनुभयो ।

    उहाँका अनुसार अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट सय बेडको स्वीकृती प्राप्त भएको छ । गोरखामै अत्याधुनिक मेशिनहरु जडित अस्पताल निर्माण भएकाले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा लिन काठमाडौं र भरतपुर जानुपर्ने बाध्यता हटेको पन्तले बताउनुभयो । २०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल गतवर्ष नै निर्माण सम्पन्न भएपनि भवन पास (निर्माण सम्पन्नताको प्रमाणपत्र) प्राप्त हुन समय लागेका कारण सञ्चालनमा ढिलाइ भएको थियो । ९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै छुट्टाछुट्टै क्याविन समेत निर्माण गरिएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको जनाएको छ ।

    अस्पतालले सुरुमा विशेषज्ञ चिकित्सकहरु सहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रबन्ध निर्देशक पुष्पराज धितालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल आउने बिरामीले नाक, कान, घाँटी छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत पाउनेछन । अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालन गरेको छ ।

    अस्पतालले सेवा शुभारम्बको अवसर पारेर आइतबार ओपिडी निःशुल्क व्यवस्था गरेको छ भने सबै प्रकारका उपचारमा ५० प्रतिशत छुट दिइने निर्देशक धितालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ २ र ३ गते उपचारमा आउने विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस अस्पतालबाट गोरखासंगै लमजुङ, तनहुँ र धादिङका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुनेछ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.