एजेन्सी । कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किभलाई पराजित गरेको छ । गएराति डाइनामोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले किभलाई ४-० गोल अन्तरले पराजित गरेको हो । यससँगै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको छ । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा सर्जिनो डेस्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यस्तै, ५७ औं मिनेटमा मार्टिन ब्रेथवेटले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दोब्बर बनाए । ७० औं मिनेटमा दोस्रो पेनाल्टी प्राप्त गर्दै ब्रेथवेटले दोस्रो गोल गरे । र, खेलको इन्जुरी समयमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए । ४ खेलमा ४ जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्टसको ९ अंक रहेको छ । किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।








