सांकेतिक तस्विर
मोरङ । विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्ध, सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिला मृत्यु भएको हो ।
यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ ।








