• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

कृतिम बाटुली पोखरी घुँगीफोर चराको प्रजनन केन्द्रमा रूपान्तरण

  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा बच्चा हुर्काइरहेका घुँगीफोर चराको अवस्थाबारे मेघौली–घटघाई नेचर गाइड एसोसिएसनले स्थलगत निरीक्षण गरेको छ। अध्यक्ष मनेशकुमार लिम्बुको नेतृत्वमा गएको टोलीमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त पनि सहभागी थिए। मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको कृतिम पोखरी अहिले चराको प्रजनन केन्द्रको रूपमा विकास भएको छ। पोखरी वरिपरि र बीचभागका सुक्खा सालका रुखहरू घुँगीफोर चराको प्रमुख प्रजनन स्थल बनेका छन्।

    सयौँ घुँगीफोरले गुँड बनाएर चल्ला कोरेका छन्। मानविय चहलपहल र होहल्लाले चरामा बाधा पुर्‍याउने सम्भावनालाई ध्यानमा राख्दै पोखरीमा सञ्चालित डुङ्गा केही समयका लागि बन्द गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज र नेचर गाइड एसोसिएसनले संरक्षण र व्यवस्थापनमा विशेष चासो देखाएका छन्। हालसम्म पोखरी क्षेत्रमा रहेका १०४ वटा रुखमा ४७८ वटा गुँड भेटिएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो। एउटै रुखमा १९ वटासम्म गुँड भेटिएको छ। सुक्खा रुखमै बढी गुँड बनाउने यी चराको आहार घुँगी र अन्य साना जलचर रहेको छ।

    संरक्षणकर्मी र पन्छीप्रेमीहरू प्रजनन याममा घुँगीफोर चराको गतिविधि हेर्न उत्साहका साथ आउने गरेका छन्। नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीका अनुसार, सात वर्षयता मात्रै यहाँ घुँगीफोर देखिन थालेका हुन्। पहिले यस क्षेत्रमा जाडो याममा साइबेरियन चरा देखिन्थे, पछिल्ला वर्षहरूमा भने रैथाने चरा स्थायी रूपमा बस्न थालेका छन्। घुँगीफोरले चैत–वैशाखमा गुँड बनाउन सुरु गर्छन्, जेठमा अण्डा फुलाउँछन् र भदौमा चल्ला कोर्छन्। ठूला झुन्डमा सामूहिक रूपमा गुँड बनाउने गर्छन् । घुँगी फोरले चैत–वैशाखमा गुँड बनाउन सुरु गर्छन्, जेठतिर अण्डा फुलाउँछन् र भदौमा चल्ला र्कोल्छन्। ठुला झुन्डमा बस्ने यी चराहरू सामूहिक रूपमा गुँड बनाउँछन् ।

    चौधरीका अनुसार विश्वमै दुर्लभ मानिएका ४० प्रजातिका चराहरु नेपालमा पाइन्छ । त्यो मध्ये २४ प्रजातिका चराहरु चितवनमा छन् । राष्ट्रि स्तरमा १६८ प्रजातिका चरा संकटापन्न अवस्थामा रहेका छन् । ति मध्ये १२ प्रजातिका चरा चितवनमै छन् । प्रजनन सिजनमा चरामा बाधा नपर्ने गरी पर्यापर्यटन व्यवस्थापन गर्ने विषयमा निकुञ्ज र स्थानीय मध्यवर्ती सामुदायिक वनबीच भएको छलफलले सकारात्मक नतिजा दिएको प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिनुभयो। यस क्षेत्रलाई पहिले ‘ठूलो घोल’ भनेर चिनिन्थ्यो। राप्ती नदीमा मिसिने यो क्षेत्र गंगानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा २०६५ सालमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो।

    हाल यो क्षेत्र सिँचाइ मात्र नभई जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण थलो बनेको अध्यक्ष कृष्णप्रसाद प्रसाईँले बताउनुभयो। कृतिम पोखरी अहिले चराहरूको मात्रै नभई गैंडा, बाघ र हरिणजस्ता वन्यजन्तुको समेत आश्रयस्थल बनेको छ। पोखरीमा सर्प, गोही, कछुवा, माछाजस्ता जलचरहरूको पनि बासस्थान बनेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.