फाईल फोटो
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालले सुरुगरेको लकडाउन थप एक साता लम्बिने भएको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमण फैलन नदिन यसअघि चैत ११ गते मंगलबार पहिलोपटक एक हप्ताका मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो । आज सोमबार पुनः कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रस्ताव गरेको लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णयलाई आजै बस्ने मन्त्रीपरिषद्को बैठकले अनुमोदन गरेपछि यसको समय थपिनेछ ।
सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा संक्रमितहरूको संख्या थपिदै जान थालेपछि लकडाउन अवधी थप्ने तयारी भएको हो ।
लकडाउन थप एक साता लम्बियो
लकडाउन थप एक साता लम्बियो
- अ
- अ
- अ








