एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् । चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।खेलको १० औं मिनेटमा टिमो वेर्नेरले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि चेल्सीले अग्रता बनाउने मौका गुमाएको थियो । खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् । बराबरीसँगै टोटेनहम भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ । १० खेलमा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।








