काठमाडौँ ।नेपाली रेफ्री कुलबहादुर रानालाई भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो । नोभेम्बरमा बसेको बोर्ड बैठकले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको नेपाल भलिबल संघलाई पत्र पठाएर एफआईभीबीले जानकारी दिएको छ । रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तर्राष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए।








