• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकारीमा भन्दा बाहिर स्वास्थ्य कर्मी वढि लाग्दा सेवा प्रभावित भयोः मन्त्री ढकाल

  •   सोमबार, मङि्सर १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक एब स्वास्थ्य कर्मीहरु सरकारी अस्पतालमा भन्दा बाहिर वढि व्यस्थ हुने गरेको वताउनु भएको छ । आज यहाँ भरतपुर अस्पतालको आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसले गर्दा सरकारी अस्पतालको सेवा प्रभावित वन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारी अस्पतालको पारिश्रमिकले घरखर्च नचल्ने भएकाले होला । यसलाई व्यवस्थापन गर्नका लागि सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा ल्याउँन लागेको छ ।” कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ७२ प्रतिशत जनालाई उपलब्ध गराउने बताउनु भयो । १४ वर्ष मुनिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताउनुभएको हो । उहाँले खोप कति अनुदानमा र कति सरकारले खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै मन्त्री ढकालले भन्नुभयो “आर्थिक रुपमा विकसित देशहरु समेत यसको उपचार र रोकथामका घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ ।” कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको बताउँदै उहाँले भन्नुभयो “कुनै जात, धर्म, लिंग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो । ६ प्रतिशत जनताको कोरोना परीक्षण गरिसकिएको जानकारी दिंदै मन्त्री ढकालले दैनिक ३० हजारको परीक्षण गर्ने सक्ने क्षमता नेपालमा रहेको बताउनुभयो । सरकार प्रदेशमा ५० शैयाको र केन्द्रमा ३०० शैयाको ल्याब सहितको सरुवा रोग उपचारका लागि अस्पताल बनाउने अभियानमा लागेको बताउँदै मन्त्री ढकालले भन्नुभयो “पहिले भएका अंचल अस्पताललाई दुई सय शैयाको पु¥याईन्छ, सबै जिल्लामा ५० शैयाको अस्पताल बन्छ ।” उहाँले कुनै पनि पालिका अस्पतालबिहिन नहुने गरी काम भईरहेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजनना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारी, पूर्व मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायतले बोल्नु भएको थियो । सो अवसरमा ५० शैयाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० शैयाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिईयो । सरुवा रोग भवन निर्माण गर्न रु.८ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजना अन्तर्गत दुई वर्षमा सम्पन्न हुने छ । आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु.११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु.९ करोड बजेट विनियोजन गरिसकेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.