• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आज विश्व निमोनिया दिवस मनाइँदै

  •   बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवसको नारा ‘हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो’ भन्ने रहेको छ । निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ ।

    निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच वर्षका मुनिका बच्चालाई बढि देखिने यो रोगले दुई वर्ष मुनिका बच्चाहरुलाई बढी सताउने गरेको पाइन्छ । यो चिसो मौसममा बढी हुने गर्दछ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ ।

    निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले हरेक वर्ष आग्रह गर्दै आएको छ । यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ । खोकी लाग्ने, बच्चाहरुले छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाति तथा कोखा दुख्ने निमोनियाका लक्षणहरु हुन् । रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने, तथा पोषणको अभाव, वातावरणीय प्रदुषणका कारण नेपालमा निमोनिया हुने गरेको चिकित्सकहरुको भनाई छ ।

    बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खावाउने, धूवाँधुलोबाट सुरक्षित राख्ने हो भने निमोनियाबाट बचाउन सकिने चिकित्सिको भनाई छ । त्यसका साथै निमोनियबाट बचाउन सफासँग हात धुने, निमोकोकल र इन्फ्लुएन्जा खोपको समेत प्रयोग गर्न सकिने चिकित्सकहरु सुझाव छ । साथै सरकारले बालबालिकालाई दिन सुझाएका सबै खोपहरु दिन चिकित्सकहरुले आग्रह गर्ने गरेका छन् । २०२१ को आँकडा अनुसार विश्वभर निमोनियाबाट एक बर्षमा २२ लाखको ज्यान जाने गरेको छ, जसमा ५ लाख बालबालिका रहेका छन् भने एक लाख ५२ हजार नयाँ जन्मिएका बच्चा रहेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.