काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको हो । चितवनका लागि रवि भोपाराले सर्बाधिक ६५ रन बनाएका थिए भने सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रन बनाएका थिए ।
त्यस्तै विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डि लान्गले २-२ विकेट लिएका थिए भने शुभम रन्जानेले एक विकेट लिएका थिए ।








