• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एचआइभी सङ्क्रमित बालबालिकालाई सकसः साथीहरु नजिक आउनै मान्दैनन् !

  •   बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलाली  । कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमण पुष्टि भयो । आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका छन् । लम्कीकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकासँग अन्य बालबालिका बस्न, खेल्न, सँगै खाजा खान मान्दैनन् । “मसँग साथीहरु नजिक आउनै मान्दैनन्, मलाई अपराधीजस्तो गर्छन्”, बालिकाले भनिन्, “म चार वर्षको हुँदा सङ्क्रमण पुष्टि भयो । म त पेटमै सङ्क्रमित भएर जन्मिएकीरहेछु भन्ने पछि थाहा भयो । सङ्क्रमित हुनुमा मेरो के दोष ?” बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउँछिन् । “म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ”, बालिका भन्छिन्, “हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।” जोशीपुरका १३ वर्षीय बालक ४ कक्षामा पढ्छन् । बालकका बुबाआमा दुवैको निधन भइसकेको छ । ज्येष्ठ नागरिक हजुरबुवाको संरक्षणमा रहेका बालकलाई पनि विद्यालयमा गरिने विभेदले असह्य हुन्छ । “म पढाइमा राम्रो छु । सधैँ कक्षामा तृतीय स्थान ल्याउँछु, विद्यालयमा मेरा कोही साथी छैनन्”, बालक भने, ‘‘मेरो नजिक कोही आउनै मान्दैनन्, अनि मलाई पनि कक्षामा बस्न मन लाग्दैन । म नियमित विद्यालय जान्नँ । नियमित पढेको भए म प्रथम हुन्थेँजस्तो लाग्छ ।” एचआइभी एड्सको प्रभावकारी रोकथाम, हेरचाह तथा उपचार सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिए पनि सङ्क्रमितले अहिले पनि विभेद भोगिरहेको नवजीवन एकता समाजका अध्यक्ष जगत् भण्डारी बताउँछन् । “हामीले सङ्क्रमित बालबालिकाको शिक्षा आर्जन सहज गराउन लामो समयदेखि काम गरिरहेका छौँ, तर समस्या समाधान भएको देखिँदैन”, भण्डारी भन्छन्, “सङ्क्रमित अभिभावकका बालबालिका र स्वयं सङ्क्रमित बालबालिकाको निःशुल्क शिक्षाका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पहल गरेका छौँ । उनीहरुलाई आवश्यक कापी किताब, पोशाकका लागि पनि सक्दो सहयोग गरिरहेका छौँ ।” भण्डारीको पहलमा कैलालीको टीकापुरका तीनवटा होटलमा बालबालिकाको शिक्षामा सहयोग सङ्कलन पेटिका राखिएका छन् । “तीन पेटिकामा वार्षिक जम्मा भएको रकम सङ्क्रमित बालबालिकालाई सहयोग गर्छौँ”, अध्यक्ष भण्डारीले भने, “एचआइभी सङ्क्रमितलाई समाजमा गरिने विभेद अन्त्य हुनुपर्छ । अन्य नागरिकसरह सङ्क्रमितले पनि समाजमा बस्न, रमाउन, काम गर्न पाउनुपर्छ ।” यसका साथै सङ्क्रमितलाई अन्य नागरिकभन्दा बढी पोषण, आराम र उपचार आवश्यक पर्ने भएकाले उनीहरुको जीविकोपार्जनका लागि सबै सहयोगी बन्नुपर्ने उनको माग छ । कैलालीको टीकापुर अस्पतालबाट ५१६ जनाले एआरटी सेवन गरिरहेका छन् । तीमध्ये २९० महिला, १८४ पुरुष र ४२ बालबालिका छन् । एएचएफ नेपालका मदन परियार सङ्क्रमितमा महिलाको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । ‘‘श्रीमान् बितेपछि एकल भएका महिला तथा तीनका बच्चा सङ्क्रमित हुँदा उनीहरुको जीविकोपार्जनमा समस्या भएको छ”, परियार भन्छन्, “एकल भएका सङ्क्रमित महिलालाई खानकै समस्या छ ।” कैलालीको टीकापुरमा स्थापना भएको नवकिरण प्लसले सङ्क्रमितको जीवन माथि उकास्न विभिन्नखाले सहयोग गर्दै आएको छ । बसोबासको समस्या भएका सङ्क्रमित बासगाँस र एआरटी सेवन गर्न अस्पताल आउने सङ्क्रमितलाई यातायात खर्च उपलब्ध गराउँदै आएको छ । नवजीवन प्लसका वित्त अधिकृत धनबहादुर चौधरीका अनुसार कैलालीका १२४ बालबालिकालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराउने गरिएको छ । “बालबालिकालाई मासिक रु एक हजारका दरले आर्थिक सहयोग गछौँ, उनीहरुको शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्य हो”, चौधरीले भने, “१२४ बालबालिकाले यो सुविधा लिइरहेका छन्, मासिक एक लाख २४ हजार बालबालिकालाई वितरण गर्छौँ ।”

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.