• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एनएसए कप पौडी च्याम्पियनसिप: पहिलो दिन तीन राष्ट्रिय किर्तिमान

  •   शनिबार, मङि्सर २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन तीन राष्ट्रिय किर्तिमान कायम भएको छ । आज भएको १५०० मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले १७ मिनट ०५ . ६४ सेकेन्ड समयका साथ राष्ट्रिय किर्तिमानमा आफ्नो नाम लेखेका हुन् । यस अघि नासिर याहा हुुसेनको नाममा १७ मिनट ४९.९५ सेकेन्ड समयको किर्तिमान कायम थियो । हुसेनले उक्त किर्तिमान काठमाण्डौमा भएको १३औं सागमा कायम गरेका थिए । यस्तै अर्को किर्तिमान २०० मिटर फ्रिस्टायलमा भएको थियो । उक्त दुरी १ मिनट ५६.२७ सेकेन्ड समयका साथ पुरा गर्दै नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठले आफ्नो नाम लेखाए ।

    यस अघि नासिको नाममा १ मिनट ५८.३० सेकेन्ड समयको किर्तिमान थियो । उनले १५ औं फिना वल्र्ड पौडी च्याम्पियनसिपमा किर्तिमान राखेका थिए । यसै गरि अर्को किर्तिमान सौर्यन बहादुर सिंहले १०० मिटर बटरफ्लाईमा राखे । सिंहले उक्त दुरी ५८.६४ सेकेन्ड समयका साथ किर्तिमान राखेका हुन् । यस अघि अजल काजी ताम्रकारले ललितपुरमा भएको पहिलो नेपाल एक्वाटिक्स च्याम्पियनसिप २०२४ मा ५९.१७ समयको किर्तिमान राखेका थिए । आज भएको च्याम्पियनसिपमा १४ स्वर्णको छिनोफानो भएको छ । १५०० मिटर फ्रिस्टायलमा नेपाली सेनाको आर्मी क्लबका सनिल कुमार थापा मगर दोश्रो र जेम्सका मायोन श्रेष्ठ तेश्रो भए । २०० मिटर फ्रिस्टायलमा बिहान भएको हिट चरणमा राष्ट्रिय किर्तिमान कायम गरेका नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठले फाईनलमा १ मिनट ५७.६० सेकेन्ड समयका साथ पहिलो स्थान हात पारे ।

    दोश्रो स्थानमा जेम्सका कल्किन श्रेष्ठ र तेश्रो स्थानमा सुदुरपश्चिम प्रदेशका अथर्व सिंह रहे । १०० मिटर बटरफ्लाईमा दोश्रो स्थानमा नेपाल पुलिसका अशिम भण्डारी र तेश्रो स्थानमा नेपाली सेनाको आर्मी क्लबका अभिभ प्रधान रहे । २०० मिटर ब्रेष्ट स्ट्रोकमा सुदुरपश्चिमका अभर्व सिंहले २ मिनट ३१.७० सेकेन्ड समयका साथ पहिलो भए । दोश्रो स्थानमा कोशी प्रदेशका बिकास कुमाल भए भने तेश्रो स्थानमा आर्मीका आरभ अग्रवाल रहे । ५० मिटर ब्याक स्ट्रोकमा नेपाल एपिएफका जेडन श्रेष्ठले २८.३३ सेकेन्ड समयका साथ स्वर्ण पाए । आर्मीका रेवन्त बहादुर श्रेष्ठले रजत र एपिएफका निर्भय थापाले कास्य पाए । ५० मिटर फ्लाईमा नेपाल पुलिसका अशिम भण्डारीले २६.७७ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा आर्मीका अभिभ प्रधानले रजत र कोशीका बिकास कुमालले कास्य हात पारे ।

    २०० मिटर महिला तर्फ नेपाल पुलिस क्लबकी अध्याश्री जोशीले ३ मिनट ४.०७ सेकेन्ड समयमा दुरी पार गर्दै स्वर्ण जितिन् । न्यू मिलेनियमकी प्राज्ना ताम्राकारले रजत र नेपाल पुलिस क्लबकी मेधावी के.सी.ले कास्य हात पारे । ४०० मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले स्वर्ण जितिन् । उनले उक्त दूरी ४ मिनट ४८.८४ सेकेन्ड समयमा पुरा गरिन् । एपिएफकी आर्या महर्जनले रजत र पुलिसका लुना श्रेष्ठले कास्य पाए । ५० मिटर ब्याक स्ट्रोकमा आर्मीकी मिखा थापाले ३२.३८ सेकेन्ड समयका साथ स्वर्ण जित्दा एपिएफकी आर्या महर्जनले रजत र पुलिसका लुना श्रेष्ठले कास्य जिते । १०० मिटर फ्लाईमा नेपाल पुलिस क्लबकी देवांशी जोशीले १ मिनट १२.९६ सेकेन्ड समय लगाउँदै स्वर्णमा नाम लेखिन् ।

    मिल्स वेरीकी सिशोम्बु राईले रजत र आर्मीकी आभा बैद्यले कास्य जिते । २०० मिटर प्mलाईमा आर्मीकी मिखा थापाले स्वर्ण जितिन् । थापाले उक्त दूरी २ मिनट १६.५६ सेकेन्ड समय लगाईन् । नेपाल पुलिसकी इभाना श्रेष्ठले रजत र जेम्सकी श्रेया महर्जनले कास्य जिते । ५० मिटर फ्लाईमा आर्मीकी मिखा थापाले ३०.९० सेकेन्ड समय लगाउँदै स्वर्ण जितिन् । नेपाल पुसिलका देवांशी जोशी र लुना श्रेष्ठले रजत र कास्य हात पारे । ५० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा पुरुष तर्फ नेपाल आर्मी क्लबले स्वर्ण जित्यो । अभिभ प्रधान, सनिल कुमार थापा मगर, आरभ अग्रवाल र रेवन्त बहादुर श्रेष्ठको संयुक्त टिमले १ मिनट ४२.९१ सेकेन्ड समयका साथ दुरी पुरा गरेका थिए ।

    नेपाल पुलिसका खेलाडीहरुले रजत र एपिएफका खेलाडीहरुले कास्य पाए । यस्तै महिला तर्फ नेपाल एफएफ पहिलो, पुलिस दोश्रो र आर्मीले तेश्रो स्थान प्राप्त गर्यो । एपिएफका रोशी न्यौपाने, जोया थापा, बैनभी श्रेष्ठ र आर्या महर्जनको टिमले २ मिनट १.१३ सेकेन्ड समयका साथ स्वर्ण जितेका थिए । च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले उद्घाटन गरेका थिए । च्याम्पियनसिपमा ३१ स्वर्ण पदकका लागि १८३ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ७७ महिला र १०६ पुरुष खेलाडीहरु रहेका छन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.