• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ ।
    नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो ।

    छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका अध्यक्ष सनद कुमार पियाले जानकारी दिनुभयो । उहाँले विगत केही वर्षयता निरन्तर यस छात्रावासमा आवश्यक सहयोग गरिरहेको भन्दै अब दिर्घकालिन काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पियाले विगतदेखि यस छात्राबासमा सहयोग गर्दै आएकोमा अहिले जाडोयामलाई ध्यानमा राखेर आवश्यक सामग्री सहयोग गरिएको बताउनुभयो । लायन्सका सदस्यहरुबाट आवश्यक सामग्री संकलन गरेर छात्राबासलाई अहिलेलाई चाहिने अतिआवश्यक सामग्री सहयोग गरिएको अध्यक्ष पियाले बताउनुभयो ।

    छात्राबासमा आवश्यक सामग्री सहयोगका लागि नारायणगढ लायन्सका पूर्व अध्यक्ष शान्त कुमार पियाले संयोजन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालका सिनियर इभ्यालुसन डिष्ट्रिक्ट कोअर्डिनेटर राजेन्द्र गौतमले नारायणगढ लायन्स, नारायणगढ नारायणी र नारायणगढ लियाले सधै रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

    उहाँले हरेक वर्ष यी क्लवहरु उत्कृष्ट हुँदै आइरहेकोमा खुशी व्यक्त चितवनमा लायन्स क्लवको वृद्धिमा यी क्लवहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले छात्रावासमा आवश्यक सबै सामग्री हाललाई उपलब्ध गराएको भन्दै तीन वटै क्लवलाई धन्यवाद दिनुयभो । छात्रावासका प्रमुख भरत चेपाङले अहिलेसम्म धेरैजसो खाद्यान्न मात्रै सहयोग प्राप्त हुँदै आएकोमा जाडोयामा चाहिने अतिआवश्यक लत्ताकपडा कपडा प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामि दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

    नारायगढ लायन्स क्लवका सचिव विधान श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रम नारायणगढ लायन्सका अध्यक्ष सनद कुमार पिया, लायन्स नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पिया र लियो क्लव अफ नारायणगढकी अध्यक्ष समृद्धि पियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्षहरु प्रशान्त पिया, विवश पिया, अन्य लायन तथा लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।

    ६ वर्षअघि स्थापना भएको छात्रावासमा हाल ७० जना चेपाङ विद्यार्थीहरु आवासीय सुविधा लिइरहेका छन् । ती विद्यार्थीहरु नजिकै रहेको विद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.