काठमाडौं । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छन् । पारिवारिक स्रोतका अनुसार श्वेताले मंसिर २२ गते बिहे गर्न लागेकी हुन् । श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग बैबाहिक जीवनमा बाँधिन लागेकी हुन् । स्वेताको बिहे काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । नेपाली चलचित्र क्षेत्रमा उनको विवाहको चर्का समयसमयमा हुँदै आएको छ। नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको विसं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।









