सुनसरी ।सुनसरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका–८ की १० वर्षीय रेहना खातुन रहेकी छिन् । को २ त २०२३ को ट्रयाक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा हरिनगर–८ का ३० को इरफान मियाँ र १२ वर्षीया रक्सना खातुन सामान्य घाइते भएकी छन् । उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।








