देवघाट । देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको बद्रीनाथ टोल बिकास र गणेश टोल बिकास सस्थाका १ सय जनालाई राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्यालादारी मजदुर गरि आफ्नो दैनिकी गुजारा गरि रहेका बद्रीनाथ टोल बिकास र गणेश टोल बिकास सस्थाका १ सय जनालाई देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापामगर र वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले संयुक्त रुपमा चामल,दाल,तेल,नुन र साबुन वितरण गर्नु भएको थियो। देवघाट वडा नम्बर ५ भित्र २१ वटा टोल बिकास सस्था रहेको छ भने बाकी १९ वटा टोल बिकास सस्थाहरुमा पनि क्रमिक रूपमा सोहि स्थानमा पुगि राहत सामग्री वितरण गर्ने देवघाट गाउँपालिकाका नागरिक सायत कक्षका होम बहादुर भारतीले जानकारी बताउनु भएको थियोे।








