सांकेतिक तस्विर
उदयपुर । शिकारीले छाडेको भरुवा बन्दुक पड्केर उदयपुरमा एक वन कर्मचारीको मृत्यु भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बास्तोलाको मृत्यु भएको हो । डिभिजन वन कार्यालय गाईघाटका अनुसार सबडिभिजन वन कार्यालय तपेश्वरीका ६ जना रात्रिगस्तीमा गएका थिए । शिकारी फेला परेपछि वनका कर्मचारीले घेर्ने क्रममा शिकारी बन्दुक छाडेर भागेपछि बन्दुक वनरक्षक बास्तोलाले बोकेर गाडीबाट कार्यालयभित्र लाने क्रममा ढोका नजिकै पड्कीएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलले बताए ।








