काठमाडौं । निशान भट्टराइको स्वर रहेको ‘सरला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द रहेको उक्त गितमा सुवास भुषालको संगीत छ । दाइजो प्रथाले निम्त्याएको समस्या र पीडालाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल अनु थापाको अभिनय छ । विकास सुवेदीले निर्देशन गरेका छन् । सागर प्रधानको छायांकन रहेको भिडियोमा जीवन थापाको सम्पादन रहेको छ ।








