• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: भक्तपुर-२ को चुनावी गणित, महेश बस्नेतलाई काँग्रेस र रास्वपाको चुनौती

  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक भक्तपुरको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट एमालेका महेश बस्नेतको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

    भक्तपुर २ संसदीय निर्वाचन क्षेत्रमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका समावेश गरिएको छ । सूर्यविनायक नगरपालिकामा १० वडा रहेका छन् भने मध्यपुर थिमी नगरपालिकामा ९ वटा वडा रहेका छन् ।

    भक्तपुर-२ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ९८ हजार ३५६ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ११४ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन

    २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दुर्लभ थापा विजयी भएका थिए । उनले २४ हजार २३९ मत प्राप्त गर्दै एमालेका महेश बस्नेतलाई पराजित गरेका थिए । बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ७ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने रास्वपाका साजन विकले ४ हजार ९८ मत प्राप्त गरेका थिए ।

    त्यस्तै समानुपातिक तर्फ २०७९ मा नेकपा एमालेले १७ हजार ८७६ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ८९४ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले ११ हजार ८९६ मत प्राप्त गरेको थियो भने मजदुर किसान पार्टीले ७ हजार ८६३ मत प्राप्त गरेको थियो ।

    उम्मेदवार

    भक्तपुर-२ बाट यस पटक पनि नेकपा एमालेका सचिव महेश बस्नेत उम्मेदवार बनेका छन् भने नेपाली काँग्रेसबाट कविर राणा, नेकपाबाट राम प्रसाद सापकोटा र रास्वपाबाट राजीव खत्री उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट विक्रम थापा उम्मेदवार बनेका छन् भने नेपाल मजदुर किसान पार्टीबाट रमेश बैद्य उम्मेदवार बनेका छन् । यस क्षेत्रमा दल र स्वत्रन्त्र गरी कुल ३२ उम्मेदवार रहेका छन् ।

    निष्कर्ष

    जेनजी आन्दोलनपछि बालुवाटारबाट लखेटिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीको अहिलेसम्मको पुनरागमन गराउने एक मात्र प्रमुख पात्र महेश बस्नेत यस क्षेत्रबाट उम्मेदवार बनेकाले आम रुपमा उनले जित्छन् या जित्दैनन भन्ने चासो छ । उनले ओली र एमालेलाई लगाएको गुनको पुरस्कार पार्टी सचिव बनेर पाइसकेका छन् । अब उनी चुनाव जितेर एमाले सरकारको मन्त्री बन्न चाहेको बताईपनि रहेका छन् ।

    यस क्षेत्रमा बस्नेतलाई काँग्रेसका कविर राणा र रास्वपाका राजीव खत्रीले चुनौती दिएका छन् । अघिल्लो चुनाव जितेको हुनाले काँग्रेस बस्नेतका लागि पहिलो स्वाभाविक चुनौती हो । भने अहिले देशभर देखिएको परिवर्तनको माहोलले रास्वपालाई कमजोर प्रतिद्वन्दी मान्न सकिन्न । त्यसैले यस क्षेत्रमा त्रिपक्षीय भिडन्त स्पष्ट रुपमा देखिएको छ । त्यस्तै यस क्षेत्रमा मजदुर किसान पार्टी र राप्रपाको मत पनि सम्मानजनक नै छ । त्यसैले उनीहरुले प्राप्त गर्ने मत पनि बस्नेत, राणा वा खत्रीको जितमा महत्वपूर्ण हुनसक्ने देखिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.