• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: झापा- २ को चुनावी गणित, पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती

  •   मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

    झापाको २ नम्बर संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १ नम्बर वडादेखि ९ नम्बर वडासम्म, कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ तथा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर१, २ र ३ लगायतका वडाहरू समावेश गरिएको छ ।

    झापा-२ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४७ हजार ५२२ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १६५ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन

    २०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका थिए । घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत नेपाल) ले २६ हजार ४५५ मत प्राप्त गरेका थिए । त्यसैगरी तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवार बनेका हरि कुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए भने रास्वपाबाट उम्मेदवार बनेका रुद्र प्रसाद गिरीले ८ हजार ७८१ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी यस क्षेत्रमा समानुपातिकतर्फ नेकपा एमालेले २६ हजार ४९० मत प्राप्त गरेका थिए भने रास्वपाले २२ हजार ५१७ मत प्राप्त गरेको थियो । त्यसैगरी नेपाली काँग्रेसले १५ हजार ४९८ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार ८८० मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ३ हजार ८३९ मत पराएको थियो ।

    उम्मेदवार

    यस पटकको निर्वाचनमा झापा-२ मा स्वतन्त्रसहित १८ उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा केवल दुई पक्षीय प्रतिष्पर्धा भएपनि यस पटक भने पूर्व सभामुख घिमिरे र उपसभामुख राना मगरको भिडन्तले रोचक बनाएको छ । त्यस्तै अघिल्लो निर्वाचनमा स्वतन्त्र चुनाव लडेका स्वागत नेपाल यस पटक राप्रपाबाट उम्मेदवार बनेका छन् ।

    त्यस्तै यस क्षेत्रमा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुदा माओवादी केन्द्रको उम्मेदवार थियो भने यस पटक काँग्रेसले नेतृ सरिता प्रसाईलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेकपाले नेतृ धर्मशिला चापागाईंलाई टिकट दिएको छ । त्यसैगरी झापा-२ मा डा. युवराज संग्रौलाको स्वतन्त्र उम्मेदवारी समेत चर्चामा रहेको छ । उम्मेदवारको प्रोफाइल हेर्दा यस पटक झापा-२ मा बहुपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ ।

    निष्कर्ष:

    गत निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतको विश्लेषण गर्दा र यस पटक रास्वपाको पक्षमा देखिएको लहर हेर्दा झापा-२ मा कम्तिमा पनि त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिएको छ ।

    एमालेका देवराज घिमिरे, राप्रपाका स्वागत नेपाल र रास्वपाकी इन्दिरा राना मगरबीच प्रतिष्पर्धा हुने देखिन्छ । तीन जनाको प्रतिष्पर्धाका बीच काँग्रेसकी प्रसाईले सरप्राइज दिने दाउ हेरेकी छन् । त्यस्तै स्वागत नेपाल राप्रपाबाट उम्मेदवार बन्दै अघिल्लो चुनावमा पाएको मतसँग राप्रपाको मत मिसाएर जित्ने दाउ हेरेका छन् ।

    त्यस्तै रास्वपाकी राना मगर झापा-५ मा बालेनको उम्मेदवारीको प्रभाव पार्ने र चुनाव जित्ने अभियानमा रहेकी छन् । त्यस्तै एमालेको संगठनात्मक मत धेरै भएकाले आफ्नो मत बचाउन सकेमा जित्ने आकलनमा घिमिरे रहेका छन् । यसरी हेर्दा झापा-२ बहुपक्षीय प्रतिष्पर्धा हुने स्पष्ट देखिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.