काठमाडौं । हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ। सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे जीप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ। दुर्घटनामा ज्यान गुमाउने सनाखत हुन सकेको छैन । घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








