• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: कपिलवस्तु- १ को चुनावी गणित, एमाले-काँग्रेसलाई स्वतन्त्र उम्मेदवारको धक्का

  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक कपिलवस्तु- १ पनि रहेको छ । कपिलवस्तु- १ मा काँग्रेसका अधिकारिक उम्मेदवारविरुद्ध काँग्रेसकै युवा नेता आशिष शर्माले दिएको स्वतन्त्र उम्मेदवारीका कारण चर्चामा रहेको छ ।

    कपिलवस्तुको क्षेत्र नम्बर १ मा शुद्धोधन गाउँपालिकाका सबै ६ वटा वडा, मायादेवी गाउँपालिकाका सबै ८ वटा वडा, बाणगङ्गा नगरपालिकाकाका सबै ११ वटा वडा र कपिलवस्तु नगरपालिकाका ७ देखि ११ नम्बर वडासम्म समेटिएको छ ।

    निर्वाचन आयोगका अनुसार कपिलवस्तु- १ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४७ हजार ६५९ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १७९ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन- २०८२

    २०७९ को निर्वाचनमा कपिलवस्तु-१ बाट नेकपा एमालेका बलराम अधिकारी विजयी भएका थिए । अधिकारीले ३४ हजार ६७५ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका तत्कालिन माओवादी केन्द्रका चक्रपाणि खनालले १८ हजार ९८३ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा जनमत पार्टीका नरेन्द्र प्रसाद चौधरीले ८ हजार ३९६ मत प्राप्त गरेका थिए भने नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ६ हजार ७५ मत प्राप्त गरेका थिए । त्यस्तै रास्वपाका सन्जु सिंह विष्टले ३ हजार ३७६ र हाम्रो नेपाली पार्टीका देवेन्द्र कुमार शर्माले २५०८ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी २०७९ को निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रबाट नेकपा एमालेले सर्बाधिक २६ हजार २५७ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले २० हजार ४९७ मत प्राप्त गरेको थियो ।

    त्यसैगरी रास्वपाले ८ हजार २६० मत प्राप्त गरेको थियो भने एकीकृत समाजवादीले ६ हजार ६३०, नाउपाले ५ हजार ९६४, जनमत पार्टीले ४ हजार ५९८ र तत्कालिन माओवादी केन्द्रले ३ हजार ९२३ मत प्राप्त गरेको थियो ।

    उम्मेदवार- २०८२

    यस निर्वाचनमा कपिलवस्तु-१ बाट राजनीतिक दल र स्वतन्त्र गरेर ३४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गत निर्वाचनमा देशभर काँग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर चुनावमा गएकाले यस क्षेत्रमा माओवादी केन्द्रका चक्रपाणी खनाल उम्मेदवार रहेका थिए । यस पटक भने सबै दल एक्ला एक्लै चुनाव लडेकाले सबै दलका उम्मेदवार रहेका छन् ।
    यस पटक यस क्षेत्रमा नेकपा एमालेले विश्राम प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले अतहर कमाल मुसलमानलाई उम्मेदवार बनाएको छ भने नेकपाले कृष्ण बहादुर कुँवरलाई टिकट दिएको छ ।

    त्यसैगरी रास्वपाले मोहन लाल आचार्यलाई उम्मेदवार बनाएको छ भने जनमत पार्टी बाट नरेन्द्र प्रसाद चौधरी, जसपा नेपालबाट बब्बु सिंह यादव उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाबाट शत्रुघन विलास सिंह कुर्मी उम्मेदवार बनेका छन् । यस क्षेत्रमा यस पटक काँग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका आशिष शर्माको विशेष चर्चा रहेको छ ।
     
    निष्कर्ष:

    परम्परागत रुपमा कपिलवस्तु-१ नेकपा एमाले र काँग्रेसको प्रभाव भएको क्षेत्र हो । तर दुवै दलमा हुने आन्तरिक विवाद र अन्तर्घातका कारण पालै पालो चुनाव जित्ने गरेका छन् । कपिलवस्तु-१ मा एमालेले यस पटक पछिल्लो चुनाव जितेका बलराम अधिकारीलाई टिकट नदिएर विश्राम चौधरीलाई दिएको छ । यस क्षेत्रमा थारु समुदायको मत रणनीतिक रहेको छ । सोहि विषयलाई ध्यानमा राख्दै एमालेले चौधरीलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै नेपाली काँग्रेसले भने अतहर कमाल मुसलमानलाई उम्मेदवार बनाएको छ । तर उनलाई काँग्रेसकै युवा नेता आशिष शर्माले चुनौती दिएर उम्मेदवार बनेपनि उनलाई चुनाव जित्न मुश्किल हुने देखिएको छ । काँग्रेसमा केन्द्रमा देखिएको विवाद, विशेष महाधिवेशनपछि अन्तिम समयमा उम्मेदवार छनौट हुदा कपिलवस्तु- १ मा यस पटक काँग्रेस चुकेको आम नेता कार्यकर्ताले विश्लेषण गरिरहेका छन् । जीप चुनाव चिन्ह पाएका आशिष खासगरी युवाहरुमा लोकप्रिय रहेका छन् । जिल्लामा कृषि उधम समेत गरिरहेका आशिषलाई पार्टी भन्दा बाहिरका युवाहरुले पनि साथ दिएकाले दलका उम्मेदवारहरुलाई उनले कडा चुनौती दिने देखिएको छ ।

    देशभर रास्वपाको प्रभाव देखिएपनि कपिलवस्तु- १ मा रास्वपा पनि उम्मेदवार छनौटमा चुकेको छ । जिल्लामा आफ्नै दलका नेता कार्यकर्ताहरुसँग राम्रो परिचय नभएका अधिवक्ता मोहन आचार्यलाई टिकट दिएपछि रास्वपा कार्यकर्ताहरुमा अन्य क्षेत्रमा जस्तो उत्साह यस क्षेत्र देखिएको छैन ।

    त्यस्तै नेकपाबाट उम्मेदवार बनेका कृष्ण कुँवरले पनि आफ्नो प्रभावलाई बढाउदै लागेका छन् । यस क्षेत्रमा तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीको जनाधार नै कमजोर रहेकाले उनले चुनाव जित्न भने ठुलै मिहिनेत गर्नु पर्ने देखिन्छ । यस क्षेत्रमा जनमत, नाउपा र राप्रपाको प्रभाव पनि रहेको छ । उनीहरुले चुनाव नजितेपनि सम्मानजनक मत प्राप्त गरेर प्रतिष्पर्धामा रहेका उम्मेदवारको हार जितमा भूमिका खेल्न सक्ने देखिन्छ ।

    स्थानीयहरुले स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई एमाले र काँग्रेसका उम्मेदवारले कमजोर ठान्न नहुने बताएका छन् । दलगत मतका हिसाबले एमाले यस क्षेत्रमा बलियो देखिए पनि अहिलेको अवस्थामा यस निर्वाचन क्षेत्रमा बहुपक्षीय प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.