• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: दाङ-२ को चुनावी गणित, शंकर पोखरेललाई काँग्रेस-रास्वपाको चुनौती

  •   मङ्गलबार, माघ २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक दाङ- २ पनि रहेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।

    दाङ -२ बङ्गलाचुली गाउँपालिकाका सबै वडा, घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ देखि १९ सम्म र तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ देखि १९ वडासम्म समेटिएको छ ।

    निर्वाचन आयोगका अनुसार दाङ- २ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४० हजार ९६५ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन- २०८२

    २०७९ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी थिइन् । शर्माले काँग्रेसको समर्थनमा २६ हजार ८८० मत प्राप्त गरेकी थिइन् । त्यस्तै एमाले महासचिव शंकर पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका थिए । त्यस्तै रास्वपाका विशाल अधिकारीले १५ हजार ८६१ मत प्राप्त गरेका थिए ।

    त्यस्तै २०७९ मा समानुपातिकतर्फ यस क्षेत्रमा एमालेले सबैभन्दा बढी २६ हजार ५६८ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काँग्रेसले १९ हजार ५९१ मत पाएको थियो भने रास्वपाले १३ हजार ३३ मत पाएको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले १० हजार ८२० मत पाएको थियो ।

    उम्मेदवार- २०८२

    दाङ- २ बाट यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर कु; २३ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट यस पटक पनि महासचिव शंकर पोखरेल उम्मेदवार बनेका छन् । त्यस्तै यस पटक काँग्रेसले किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । त्यस्तै गत चुनावमा जित हासिल गरेकी रेखा शर्मा भने यस पटक उम्मेदवार बनेकी छैनन् ।

    यस पटक नेकपाबाट निर्मल आचार्य उम्मेदवार बनेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहमहामन्त्री विपिन आचार्य उम्मेदवार बनेका छन् ।

    निष्कर्ष:

    यस पटक सबै दल अलग अलग चुनाव लडेका कारण दल र उम्मेदवारको असली परीक्षा हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेस- माओवादी केन्द्रको गठबन्धनका कारण एमाले महासचिव पोखरेल १९३ मत अन्तरले मात्र पराजित भएका थिए । समानुपातिक मत तर्फ स्पष्ट रुपमा एमालेको मत धेरै रहेको थियो । यस पटक उनलाई अहिलेको नेकपाबाट कुनै चुनौती नरहेको देखिन्छ । तर उनलाई काँग्रेस र रास्वपाले भने कडा चुनौती दिने देखिएको छ । देशव्यापीरुपमा एमालेप्रति देखिएको नकारात्मक धारणाको असर पनि उनलाई हुने देखिन्छ ।

    विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति परिवर्तन गरेको भन्दै काँग्रेसले मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । त्यस्तै रास्वपाले पनि देशव्यापी लहरको फाइदा उठाउदै पोखरेललाई चुनौती दिने प्रयास गरिरहेको छ । तर पनि स्थानीय मुद्धा र विकास निर्माणका मुद्धामा पहिलो पटक चुनाव लडिरहेका रास्वपा नेता आचार्यले कसरी मतदातालाई आकर्षित गर्छन् भन्ने हेर्न बाँकी छ । यसरी गर्दा दाङ-२ मा गत निर्वाचनको विजेता प्रतिष्पर्धामा नहुदा पोखरेलसहित काँग्रेसका घिमिरे र रास्वपाका आचार्यबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.