• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: सुनसरी-१ को चुनावी गणित, हर्क साम्पाङलाई कडा चुनौती

  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुनसरी- १ पनि रहेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यस क्षेत्रको चर्चा रहेको छ ।

    सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वटा वडाहरु, बराहक्षेत्र नगरपालिकाको १ नम्बर क्षेत्रदेखि ५ नम्बर वडासम्म र रामधुनी नगरपालिकाका ६ र ७ वडा समेटिएको छ ।

    निर्वाचन आयोगका अनुसार सुनसरी-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५० हजार ३९३ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १६१ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन- २०७९

    २०७९ को निर्वाचनमा सुनसरी-१ बाट जसपा नेपालका अशोक राईले चुनाव जितेका थिए । राईले १७ हजार ५९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । यस क्षेत्रमा रास्वपाकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गर्दै राईलाई कडा टक्कर दिएकी थिइन् । त्यस्तै तत्कालिन माओवादी केन्द्रका मुक्‍सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए भने राप्रपाका अशोक कुमार राईले ७ हजार ८८४ तथा स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोले ७ हजार ८१२ मत प्राप्त गरेका थिए ।

    त्यस्तै २०७९ मा समानुपातिकतर्फ नेकपा एमालेले २० हजार ९८ मत प्राप्त गरेको थियो भने रास्वपाले १७ हजार २७१ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले ११ हजार ७५० र राप्रपाले ९ हजार ७६८ मत प्राप्त गरेको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले ४ हजार ६५६ मत प्राप्त गरेको थियो ।

    उम्मेदवार- २०८२

    यस क्षेत्रमा यस पटक राजनीतिक दल र स्वतन्त्र गरेर २६ उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ उम्मेदवार बनेका छन् । उनी धरान उपमहानगरको प्रमुखबाट राजीनामा दिएर दल खोल्दै चुनावी मैदानमा होमिएका हुन् । त्यस्तै यस क्षेत्रबाट रास्वपाले गत निर्वाचनमा ४५३ मतले पराजित भएकी गोमा तामाङलाई यस पटक पनि उम्मेदवार बनाएको छ ।

    त्यस्तै नेकपा एमालेबाट टिकाराम लिम्बु, नेपाली काँग्रेसबाट सुजेन्द्र तामाङ, नेकपाबाट सुर्यबहादुर भट्टराई, राप्रपाबाट उद्धव श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपालबाट संजय राई उम्मेदवार बनेका छन् ।

    निष्कर्ष:

    सुनसरी-१ मा अघिल्लो चुनाव र यस पटकको चुनावको माहोलमा ठुलो परिवर्तन भएको छ । अघिल्लो चुनावमा जसपा नेपालबाट चुनाव जितेका अशोक राईले दल फुटाएर आफ्नै दल जसपा खोलेपनि उनको दल छिन्नभिन्न भएको छ र उनी यस चुनावमा उम्मेदवार बनेका छैनन् । अर्को कुरा यस पटक सबै दलका उम्मेदवार चुनावी मैदानमा रहेकाले कुन दलले जित्छ भन्ने स्पष्ट भन्ने अवस्था रहेको छैन ।

    श्रम संस्कृतिका हर्क साम्पाङले जित्ने अनुमान धेरैले गरेपनि उनलाई त्यति सजिलो हुने भने देखिदैन । उनलाई रास्वपाकी गोमा तामाङले उत्तिकै टक्कर दिने देखिन्छ । त्यस्तै यस क्षेत्रमा एमालेको पनि राम्रो मत रहेकाले टिकाराम लिम्बुलाई पनि कमजोर आँक्न सकिदैन । त्यस्तै काँग्रेसका सुजेन्द्र तामाङको पनि आफ्नै प्रभाव यस क्षेत्रमा देखिएको छ । यस क्षेत्रमा धरान उपमहानगरका सबै वडा भएकाले यो निर्वाचन साम्पाङले प्रमुखका रुपमा गरेको कामको मुल्यांकनको रुपमा पनि हेरिएको छ । तर पनि अघिल्लो चुनावमा पनि चार पाँच उम्मेदवारबीच मत बाँडिएको देखिएकाले यस क्षेत्रमा साम्पाङले जित्ने अनुमान गर्न अहिले सकिन्न । उनलाई रास्वपा, एमाले र नेपाली काँग्रेसले चुनौती दिने देखिन्छ ।

    यस बाहेक राप्रपालगायतका दलहरुको मत पनि चुनाव जित्ने तहसम्म नभएपनि सम्मानजनक मत ल्याएर मतपरिणामको अंक गणित बिगार्ने तह सम्मको भूमिका खेल्ने देखिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.