• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चर्चित निर्वाचन क्षेत्र: रौतहट-१ को चुनावी गणित, माधव नेपाललाई चौतर्फी चुनौती

  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

    रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ रहेका छन् ।

    निर्वाचन आयोगका अनुसार रौतहट-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ८ हजार ७२६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३२ मतदान केन्द्र तोकिएको छ ।

    पछिल्लो निर्वाचन- २०७९

    २०७९ सालको निर्वाचनमा रौतहट-१ बाट तत्कालिन एकीकृत समाजवादीबाट माधवकुमार नेपाल विजयी भएका थिए । काँग्रेस र तत्कालिन माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव लडेका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका थिए ।
    त्यस्तै दोस्रो भएका नेकपा एमालेका अजय कुमार गुप्ताले भने २६ हजार ९२२ मत पाएका थिए ।

    २०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले सर्बाधिक १९ हजार ११९ मत प्राप्त गरेको थियो भने एमालेले ११ हजार ८९, एकीकृत समाजवादीले ९ हजार ५७८, जसपा नेपालले ६ हजार ९३५, जनमतले ६ हजार २८८, तत्कालिन माओवादी केन्द्रले २ हजार ७९१ मत प्राप्त गरेको थियो ।

    उम्मेदवार- २०८२

    यस निर्वाचनमा रौतहट- १ राजनीतिक दल र स्वतन्त्र गरेर ३९ उम्मेदवार रहेका छन् । यस पटक नेकपाबाट माधवकुमार नेपाल उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले अनिल कुमार झालाई उम्मेदवार बनाएको छ । लोसपा छोडेर नेपाल सदभावना पार्टीलाई पुनर्जीवित गरेका झा अन्तिम समयमा काँग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेले अजय कुमार गुप्तालाई यस पटक पनि उम्मेदवार बनाएको छ । त्यसैगरी यस क्षेत्रमा रास्वपाले राजेश कुमार चौधरीलाई उम्मेदवार बनाएको छ भने जसपा नेपालले योगेन्द्र राय यादवलाई र जनमतले देवेन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ ।

    निष्कर्ष:

    यस निर्वाचनमा माधव नेपाललाई गार्हो हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेससँगको गठबन्धनका कारण जित हासिल गरे पनि यस पटक सबै दल अलग अलग उम्मेदवार भएकाले नेपालको स्नाक्त बढेको हो । माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि पनि गत निर्वाचनको समानुपातिकको हेर्दा दुवै दलको कुल मत ११ हजार रहेको छ । सो मत सबै पाएपनि जितका लागि पर्याप्त हुने देखिदैन । त्यसैले यस निर्वाचनमा रौतहट- १ मा एमाले र काँग्रेसको प्रतिष्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजय कुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् । साथै जसपा नेपाल र जनमतका उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्नेमा पनि यस क्षेत्रको चुनावको नतिजा आउने देखिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.