• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध छ- प्रधानमन्त्री कार्की

  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएकी छन् ।

    जेनेभामा आयोजित मानवअधिकार परिषद्को ६१औँ नियमित सत्रको उच्चस्तरीय बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले जलवायु परिवर्तन, द्वन्द्व र प्राकृतिक विपद्जस्ता बहुआयामिक संकटको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतीबीच पनि मानवअधिकारको सार्वभौमिकता कायम राख्नुपर्नेमा जोड दिइन् । उनले बहुपक्षीय प्रणाली स्वयं परीक्षामा परेको वर्तमान सन्दर्भमा साझा प्रयास आवश्यक रहेको बताइन् ।

    नेपालको संविधानले समानता, सामाजिक न्याय र मौलिक हकलाई सुनिश्चित गरेको उल्लेख गर्दै उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, दलित, सीमान्तकृत समुदाय तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकार संरक्षणमा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारिन् । शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र स्वच्छ वातावरणजस्ता अधिकारलाई व्यवहारमा उतार्न विभिन्न कानुन तथा नीतिहरू कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन् ।

    प्रधानमन्त्री कार्कीले शान्ति प्रक्रियामार्फत दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरिएको स्मरण गर्दै संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय, समावेशी र पीडितकेन्द्रित रूपमा टुंग्याउने प्रतिवद्धता व्यक्त गरिन्। साथै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल अग्रणी सैनिक योगदानकर्ता मुलुक रहेको उल्लेख गर्दै नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति र मानवअधिकार संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

    उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडाइ सरकारको प्राथमिकता रहेको जनाउँदै आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

    त्यस्तै प्रधानमन्त्री कार्कीले मानवअधिकार विश्वव्यापी साझा सम्पत्ति भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि नेपाल अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.