• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

योगेश भट्टराई भन्छन्- हामी ढलेका मात्र हौं, मरेका होइनौं

  •   सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालको राजनीतिक अवस्थाले पार्टी कमजोर देखिए पनि एमाले समाप्त नभएको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमार्फत कुराकानी गरेको र त्यत्तिकै सन्देशहरू प्राप्त गरेको बताउदै पार्टीलाई सही नीति, संगठन र नेतृत्वमार्फत पुनः उठाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

    भट्टराईले निर्वाचन परिणामलाई स्वीकार गर्दै जनताले आफ्नो मतमार्फत एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । उनले यो वर्तमान यथार्थ भएको उल्लेख गर्दै पार्टीले आफूभित्र व्यापक रूपान्तरण गरी जनसमर्थन पुनः प्राप्त गर्ने बाटो रोज्नुपर्ने बताएका छन् ।

    उनले भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरू सही नभएको भन्दै त्यसबारे पुनर्विचार गर्न आफूहरूले नेतृत्वलाई विभिन्न बैठक, भेटघाट र महाधिवेशनमार्फत आग्रह गरेको तर त्यसमा सफलता नपाएको बताएका छन् । अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ ।

    भट्टराईले पार्टी अहिलेको अवस्थामा पुग्नुमा नीति मात्र नभई जिम्मेवारीमा रहेका विभिन्न तहका समिति र नेताहरू सबैको भूमिका रहेको बताए। विशेषगरी नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय समिति र केन्द्रीय सचिवालयले यसको जिम्मेवारी लिनुपर्ने उनले उल्लेख गरेका छन् ।

    उनले सफलता वा असफलतापछि हुने जवाफदेहिता कसरी लागू गर्ने भन्ने विषयमा पार्टीभित्र गम्भीर बहस आवश्यक रहेको बताएका छन् । पूर्वाग्रह, भावना र षड्यन्त्रको सोचभन्दा माथि उठेर आत्मसमिक्षा गर्नुपर्ने उनको धारणा छ । भट्टराईले पार्टीको असफलता सिंगो संगठनको असफलता भएको भन्दै सामूहिक बुद्धि र पहलबाट मात्र अहिलेको अवस्था बदल्न सकिने बताए । उनले नेता-कार्यकर्ता सबैलाई पुराना समूहगत घेराबाट बाहिर निस्केर खुला रूपमा बहसमा सहभागी हुन आह्वान गरेका छन् । उनले पार्टी, जनसंगठन र विदेशमा रहेका संगठनका सदस्यहरूलाई पनि आफ्ना सुझाव नेतृत्वसम्म पठाउन आग्रह गरेका छन् ।

    भट्टराईले एमालेका कार्यकर्तालाई धैर्य र संयमतासाथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा अघि बढ्न आग्रह गरेका छन् । साथै एमालेबारे सुझाव, आलोचना र टिप्पणी पठाउन बुद्धिजीवी र सर्वसाधारणलाई पनि अपिल गरेका छन् ।

    उनले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा आजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.