काठमाडौं : कोरोना भाइरसको लक्षण देखिएका १३४ जना आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १२२ जना आइसोलेसनमा रहेको बताए।
यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्।
नेपालमा हालसम्म ९ जनामा भाइरस देखिँदा १ जना उपचार पछि डिस्चार्ज भएका छन्।
देवकोटाका अनुसार हाल विद्यमान रहेका ८ वटा केसका सम्पूर्ण कन्ट्रयाक्ट ट्रेसिङ सम्पन्न भएको छ। ८ जनामा ७ जना विदेशबाट आएका हुन भने एकजनामा लोकल ट्रान्समिसन भएको थियो।
देशभर १ सय ३४ जना आइसोलेसनमा
देशभर १ सय ३४ जना आइसोलेसनमा
- अ
- अ
- अ








