• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ओलीको बल्ल बल्ल हार स्वीकारोक्ति, नेतृत्व नछोड्ने संकेत !

  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचन र त्यसको परिणामप्रति नेकपा एमालेको मुख्यालय र गुण्डुमा देखिएको सन्नाटा नेपाली राजनीतिमा निकै अर्थपूर्ण रहेको छ । निर्वाचनको परिणाम फागुन २३ गते सार्वजनिक भइसके पनि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गर्न फागुन २८ गतेसम्म समय लिएर गरे । राजनीतिक विश्लेषकहरूले यसलाई केवल ढिलाइ नभई रणनीतिक ‘पर्ख र हेर’ नीति रहेको संकेतका रूपमा लिएका छन् ।

    निर्वाचनको परिणाम प्रष्ट भइसकेको भए तापनि ओलीले पाँच दिनसम्म मौन रहनु पार्टीभित्र विद्रोह रोक्ने र हारलाई कसरी ‘फेस सेभिङ’ गर्ने भन्ने रणनीतिक निर्णयको रूपमा देखिन्छ । यस क्रममा पार्टीभित्रको वफादारहरूको स्थिति मूल्यांकन र पराजयको जिम्मेवारी अरूको काँधमा कसरी बिसाउने भन्ने आन्तरिक मन्थन चलिरहेको थियो ।

    ओलीले हार स्वीकार गर्दै भनेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यसलाई शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ।’ तर व्यक्तिगत हार व्यहोरेका अवस्थामा पनि उनले नेतृत्व छोड्ने संकेत भने दिएका छैनन् । यसले जनादेशको सम्मान र नेतृत्वमा टिकिरहनुबीचको विरोधाभास स्पष्ट देखाएको छ ।

    चुनावी पराजयपछि पार्टीभित्र राजीनामाको दबाब बढेको छ । उपमहासचिव योगेश भट्टराईले नेतृत्वको राजीनामा माग गरिसकेका छन् भने ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र गोकुल बास्कोटा पनि नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् । पार्टीभित्रको आन्तरिक कलह अब केवल कोठाभित्र सीमित छैन, सडक र सदनमा पनि बहसको विषय बन्दै गएको छ ।

    यद्यपि महासचिव शंकर पोखरेलले कार्यकर्ता र नेताहरूलाई राजीनामा मागेमा कारबाहीको चेतावनी दिएका छन् । बाहिर मतको सम्मान गर्ने कुरा देखाए पनि भित्र डण्डा देखाएर विरोधलाई दबाउने प्रयास पनि शुरु भएको छ ।

    निर्वाचनमा एमालेका कार्यकर्ताहरूले पार्टीभित्र पद ओगटिरहदा पनि मौन रूपमा पार्टीविरुद्ध मतदान गरेको स्पष्ट नै भएको छ । एमालेले कागजी रूपमा हार स्वीकार गरे पनि वास्तविक चुनौती अझै सुरु भएको छ । नेतृत्वले राजीनामाको दबाबलाई सजिलै नजरअन्दाज गर्ने सम्भावना कमि नै देखिएको छ ।

    यसमा अर्को पक्ष भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले एमाले अध्यक्ष ओलीलाई कारवाहीको सिफारिस गरेको विषयले पनि एमाले नेतृत्वको पुनर्संरचनाको दिशा तय गर्ने विश्लेषण गरिएको छ । अब भन्ने बालेन शाह नेतृत्वको सरकारले आयोगको प्रतिवेदनको कसरी कारवाही गर्छ भन्नेमा पनि एमालेमा ओलीको भविष्य तय हुने देखिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.