• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

१९ औं राष्ट्रपति रनिङ शिल्ड सुरु, १० परिवारलाई स्वास्थ्य बीमा घोषणा

  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा १९ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका ८ बाघमारा खेल मैदानमा आज (शुक्रबार) बाट प्रतियोगिता सुरु भएको हो ।

    चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा दुई दिन चल्ने प्रतियोगिताको रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले उद्घाटन गरे । सो क्रममा मेयर सापकोटाले सधैं भरतपुरको बजार क्षेत्र केन्द्रित हुने जिल्ला स्तरीय प्रतियोगिता यसपटक रत्ननगरमा आयोजना गरेको भन्दै जिल्ला खेलकुद बिकास समितिलाई धन्यवाद व्यक्त गरे । यस्तै उनले कुनै पनि खेलाडीलाई प्रतियोगितामा सहभागिताका लागि आर्थिक अभाव भए सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले केही पालिकाले खेलाडीहरु सहभागी नगराउनु दु:खद भएको बताए । प्रतियोगितामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र माडी नगरपालिका मात्रै सहभागी छन् । अन्य पालिकाले सहभागिता जनाएनन् ।

    ईच्छाकामनाले अन्तिम समयमा सहभागिता जनाएन । राप्ती र कालिकाले छनौट प्रतियोगिता नै गरेन । यो दु:खद पक्ष भएको अध्यक्ष कार्कीको भनाइ थियो । खेलकुदमा भविष्य बोकेका खेलाडीहरुका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यस किसिममा प्रतियोगितामा सहभागिताका लागि पालिकाले कुनै चासो नदिनु दु:खद भएको उनको भनाइ थियो । यसरी खेलाडीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले खेलाडीलाई खेल्न पाउने वातावरण बनाउन पालिकाहरुको ध्यानाकर्षण गराए ।

    यसैबीच रत्ननगरका मेयर सापकोटा र जिल्ला खेलकुदका अध्यक्ष कार्कीले १० परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि सापकोटालाई मायाको चिनोको सट्टा १० परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा भएको हो । मेयर सापकोटा र खेलकुदका अध्यक्षले समान ५-५ परिवारको स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा रत्ननगर ८ का वडाध्यक्ष कृष्ण चौधरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरी, जिल्ला खेलकुदका कार्यालय प्रमुख रामजी ढकाललगायतले बोलेका थिए ।

    प्रतियोगितामा चार पालिकाबाट करिब ५ सय खेलाडी सहभागी छन् । उनीहरुले कराते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिवलमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट हुनेछन् । यसैबीच सोही कार्यक्रममा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सदस्यमा नियुक्त कृष्णबहादुर नेपाल सुजन र नविना खनियाँलाई सम्मान पनि गरिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.