• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जर्मनीको सहयोगमा निर्माण हुने लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

  •   बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन आयोजनाको शिलान्याससँगै नेपाल-जर्मनी ऊर्जा सहकार्य थप मजबुत बनेको छ ।

    तनहुँको दमौली सबस्टेसनमा बुधबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण र जर्मनी सरकारका प्रतिनिधिहरूले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    यो आयोजना जर्मनीको सहयोगमा निर्माण हुन लागेको हो । करिब ४५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ भने लेखनाथ र दमौलीमा आधुनिक ग्यास इन्सुलेटेड सबस्टेसन पनि स्थापना गरिनेछ । आयोजनाको क्षमता करिब १००० मेगावाट रहने जनाइएको छ ।

    यस प्रसारण लाइनले क्षेत्रीय विद्युत सञ्जाललाई थप मजबुत बनाउने र तनहुँ जलविद्युत आयोजना लगायत विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सहज रूपमा प्रसारण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । साथै, विद्युत आपूर्तिको भरपर्दोपन बढाउने र नवीकरणीय ऊर्जाको उपयोग विस्तारमा पनि योगदान पुग्नेछ ।

    कार्यक्रममा बोल्दै जर्मनीका राजदूत भोल्जले नेपालको बढ्दो ऊर्जा आवश्यकताका लागि भरपर्दो प्रसारण संरचना अत्यन्त आवश्यक रहेको बताए । उनले स्वच्छ ऊर्जा घर, व्यवसाय र उद्योगसम्म पुर्‍याउन यस्ता आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

    नेपाल र जर्मनीबीच ऊर्जा क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ । यसअघि तल्लो र मध्य मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणदेखि प्रसारण लाइन तथा राष्ट्रिय लोड डिस्प्याच केन्द्रसम्म जर्मनीले सहयोग गर्दै आएको छ ।

    यस्तै, सौर्य ऊर्जा, सिँचाइ प्रणाली र विद्युतीय सवारी चार्जिङ स्टेशन जस्ता क्षेत्रमा पनि सहकार्य विस्तार हुँदै आएको छ । आगामी दिनमा विद्युत वितरण प्रणाली सुदृढीकरणमा पनि थप सहयोग केन्द्रित गरिने जनाइएको छ ।

    यो आयोजना कार्यान्वयनसँगै नेपालमा दिगो, भरपर्दो र वातावरणमैत्री ऊर्जा प्रणाली विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.