• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण सम्पन्न

  •   शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार दुई सत्रमा अभिभावक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई आत्मविश्वासी, सहनशील र खुशी बनाउँदै उनीहरूको भावनात्मक तथा व्यवहारिक आवश्यकताहरू बुझ्न सक्ने अभिभावक तयार गर्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो । पछिल्लो समय बालबालिकाको मानसिक स्वास्थ्य, व्यवहार र अभिभावक–बालबालिका सम्बन्धलाई सुदृढ बनाउने विषयबारे बढ्दो चासोलाई मध्यनजर गरीे कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

    प्रख्यात न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (ल्ीए) प्रशिक्षक जोश बी. निरौलाको प्रशिक्षणमा सम्पन्न कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणको कार्यक्रममा अङ्कुरम् एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू सहभागी भएका थिए भने दोस्रो चरणको कार्यक्रममा छिमेकी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका इच्छुक अभिभावकहरूलाई समेत सहभागी गराइएको थियो । आफ्नो सामाजिक उत्तरदायित्वलाई समुदायसम्म पु¥याउन दोस्रो चरणमा समेत प्रशिक्षण गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयका प्राचार्य सुमन पौडेलका अनुसार न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ ‘मानव सोच, भाषा र व्यवहारबीचको अन्तरसम्बन्ध बुझ्ने एक प्रभावकारी मनोवैज्ञानिक तथा व्यवहारिक विधि हो जसले व्यक्तिको सोचाइ र व्यवहारलाई सकारात्मक दिशामा परिवर्तन गर्न’ सहयोग पु¥याउँछ । प्राचार्य पौडेलले अभिभावकले आफ्ना बालबालिकासँग गर्ने दैनिक व्यवहार, बोलचाल र प्रतिक्रिया नै उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण हुने बताए ।

    प्रशिक्षणका क्रममा अभिभावकहरूले बालबालिकासँग प्रभावकारीरूपमा संवाद गर्ने तरिका, उनीहरूको भावना बुझ्ने सीप, विश्वास र सम्मानमा आधारित सम्बन्ध निर्माण गर्ने उपाय तथा सकारात्मक अनुशासनका अभ्यासहरूबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए । वास्तविक जीवनका उदाहरणहरू प्रस्तुत गर्दै प्रशिक्षक निरौलाले अभिभावकहरूलाई दैनिक जीवनमा लागू गर्न सकिने सरल तर प्रभावकारी विधिहरू सिकाएका थिए ।

    कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो जसमा अभिभावकहरूले खुलेर आफ्ना जिज्ञासा र अनुभवहरू ‘शेयर’ गरेका थिए । उनीहरूले उठाएका विभिन्न प्रश्नहरूको प्रशिक्षक निरौलाले व्यावहारिक र सान्दर्भिक जवाफ दिएका थिए जसले कार्यक्रमलाई प्रभावकारी, रोचक र सहभागितामूलक बनाएको थियो ।

    चितवनको एकमात्र ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले बालबालिकाको सर्वाङ्गीण विकाससँगै अभिभावकीय शिक्षा र सचेतनामा समेत जोड दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । विद्यालयकी निर्देशक सरला पौडेलले अभिभावक र विद्यालयबीचको सहकार्य बलियो भए मात्र बालबालिकाको समग्र विकास सम्भव हुने बताइन् ।

    कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका आवासीय निर्देशक नईम चौधरीले सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम उनकै सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षणमा सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी, प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.