• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

इरान युद्धपछि श्रीलंकाले दुई पटक बढायो इन्धनको मुल्य

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । इरानसँगको युद्धका कारण श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य फेरि बढाइएको छ । पछिल्ला दुई सातामै दोस्रो पटक मूल्य वृद्धि गरिएको हो ।

    नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ३९८ श्रीलंकन रुपैयाँ पुगेको छ, जुन पहिले ३१७ रुपैयाँ थियो। त्यसैगरी डिजेलको मूल्य पनि बढेर प्रतिलिटर ३८२ रुपैयाँ पुगेको छ ।

    सरकारले इन्धनको खपत घटाउन मूल्य बढाइएको जनाएको छ । श्रीलंकाका राष्ट्रपति अनुर कुमारा दिसानायकेले मध्यपूर्वमा जारी लामो युद्धका कारण तेल आपूर्तिमा असर पर्न सक्ने भएकाले देशलाई पहिले नै तयारी अवस्थामा राख्न यस्तो निर्णय लिएको बताएका छन् ।

    इरानसँगको युद्धका कारण उत्पन्न इन्धन संकटले श्रीलंकाका अत्यावश्यक सेवामा दबाब बढ्न थालेको छ । स्वास्थ्यकर्मीहरूले इन्धन अभाव समाधान नभए केही दिनमै अस्पताल सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

    डाक्टर र जनस्वास्थ्य निरीक्षकहरूले सीमित इन्धन कोटा र लामो लाइनका कारण काममा जान समस्या भइरहेको बताएका छन्। यसले उपचार सेवा र रोग नियन्त्रण अभियानमा असर पर्ने चिन्ता बढाएको छ । त्यस्तै खाद्य आपूर्ति प्रणाली पनि दबाबमा परेको छ । ढुवानी सेवा र कन्टेनर ट्रकका लागि आवश्यक इन्धन व्यवस्थापन गर्न सरकारले तथ्यांकमा आधारित योजना सुरु गरेको जनाएको छ ।

    इन्धन बचतका लागि सरकारले बुधबार सार्वजनिक बिदा दिने र घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने तयारी पनि गरेको छ । पर्यटन क्षेत्रमा पनि यसको असर देखिएको छ ।

    मध्यपूर्वका उडान केन्द्रमा समस्या आएपछि मार्चको सुरुवातमा पर्यटक आगमन २५ प्रतिशतले घटेको छ । यद्यपि सन् २०२६ को कुल आगमन भने अघिल्लो वर्षभन्दा अझै बढी रहेको छ । पर्यटन व्यवसाय जोगाउन सरकारले होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायीलाई प्राथमिकताका साथ इन्धन उपलब्ध गराउने तथा खाना पकाउने ग्यास आपूर्ति नरोकिने व्यवस्था गरेको छ । यस्ता चुनौतीबीच पनि श्रीलंकाको समग्र आर्थिक अवस्था भने स्थिर देखिएको छ । विदेशी मुद्रा सञ्चिति ७ अर्ब डलरभन्दा माथि रहेको, महँगी कम रहेको र आर्थिक वृद्धि दर करिब ५ प्रतिशत रहेको जनाइएको छ। तर बाह्य असरको जोखिम अझै उच्च रहेको चेतावनी दिइएको छ ।

    इन्धन आपूर्ति सुनिश्चित गर्न श्रीलंकाले भारत, चीन, रुस र अमेरिकासँग वैकल्पिक स्रोतका लागि वार्ता तीव्र बनाएको छ। केही ग्यास आयात अमेरिकाबाट सुरु भइसकेको छ भने भारतले आपतकालीन सहयोगमा सकारात्मक प्रतिक्रिया दिएको छ । सरकारले ऊर्जा आपूर्ति, सार्वजनिक सेवा, खाद्य वितरण र सामाजिक सुरक्षाका लागि चार वटा विशेष समिति गठन गरेर विभिन्न सम्भावित अवस्थालाई ध्यानमा राखी तयारी गरिरहेको जनाएको छ । अधिकारीहरूले सन् २०२२ को संकटभन्दा अहिले देश बढी तयार रहेको दाबी गरे पनि अवस्था अझै अनिश्चित छ । इन्धन ढुवानी ढिलाइ, बढ्दो मूल्य र आपूर्ति अवरोधले आगामी दिनमा थप चुनौती ल्याउन सक्ने देखिएको छ ।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.