हेटौंडा । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको हो । मङ्सिर १९ गते स्वाव संकलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिएका हुन् । यो सँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ भने अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ ।








