• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा

  •   सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन  ।  मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष असर यहाँको पर्यटन क्षेत्रमा स्पष्ट देखिन थालेको छ। हवाई यात्रा महँगो र असुरक्षित बन्दै जाँदा नेपाल घुम्न आउने योजनामा रहेका धेरै विदेशी पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन्। विशेषगरी सौराहा क्षेत्रमा भारत, चीन र अष्ट्रेलिया बाहेकका देशबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको व्यवसायीहरू बताउँछन्। विगतका वर्षहरूमा यही समयमा सौराहाका होटलहरू करिब ८० प्रतिशतसम्म भरिने गर्थे। तर यस वर्ष भने त्यो संख्या घटेर करिब २० प्रतिशतमा सीमित भएको छ। निर्वाचनका कारण करिब १५ दिन प्रभावित बनेको पर्यटन क्षेत्र त्यसपछि मध्यपूर्वको द्वन्द्वका कारण थप संकटमा परेको हो।

    क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेका अनुसार फेब्रुअरी, मार्च र अप्रिल सौराहाको मुख्य पर्यटकीय सिजन मानिन्छ। तर यस वर्ष द्वन्द्वका कारण पर्यटकहरूले बुकिङ रद्द गरेका छन्। “द्वन्द्व भएका देश मात्र होइन, अन्य देशबाट पनि पर्यटक आउन हिच्किचाएका छन्,” उहाँले भन्नुभयो। आकाशीय मार्ग असुरक्षित भएपछि यात्रा गर्ने मनोबल घटेको उहाँको भनाइ छ। संघका उपाध्यक्ष गुणराज थपलियाका अनुसार विदेशी मात्र होइन, नेपाली पर्यटकसमेत घुम्न आउन कम गरेका छन्। महँगी, अन्तर्राष्ट्रिय तनाव र विदेशमा रहेका आफन्तप्रतिको चिन्ताले मानिसहरूमा घुम्ने उत्साह घटेको देखिन्छ।

    उता, हवाई भाडा अत्यधिक बढ्दा पनि पर्यटक आगमनमा गिरावट आएको छ। पर्यटन व्यवसायी सुमन घिमिरेका अनुसार आफ्नो होटलमा भएको करिब ५० प्रतिशत बुकिङ रद्द भएको छ। “यदि द्वन्द्व चाँडै रोकियो भने स्थिति केही सुधार हुन सक्छ,” उहाँले आशा व्यक्त गर्नुभयो। युरोप, बेलायत, अमेरिका लगायतका देशबाट आउने पर्यटकहरूले यात्रा स्थगित गरेको उहाँले बताउनुभयो। सौराहामा हाल १४८ होटल सञ्चालनमा छन्, जसमा करिब ७२०० पर्यटक बस्न सक्ने क्षमता छ। यहाँ प्रत्यक्ष रूपमा ६४०० र अप्रत्यक्ष रूपमा १२ हजारभन्दा बढी मानिस रोजगारीमा आश्रित छन्।

    चितवन राष्ट्रिय निकुञ्जका एक सिंगे गैँडा, पाटेबाघ, घडियाल गोही लगायतका दुर्लभ वन्यजन्तु तथा थारु संस्कृति यहाँका मुख्य आकर्षण हुन्। तर हालको अन्तर्राष्ट्रिय द्वन्द्वले पर्यटन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ, जसले समग्र अर्थतन्त्रमा समेत असर पार्ने संकेत देखिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.