दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृत्यु हुनेमा बैतडीको न्वाली घर भएका चालक २४ वर्षीय शेरसिंह कार्की रहेका छन् भने अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको डीएसपी बिष्टले बताए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ।








