• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

धनकुटामा सरकारी जग्गा हिनामिना: मालपोत प्रमुखसहित १५ जनाविरुद्ध मुद्धा दायर

  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटामा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार धनकुटाको ताँखुवा क्षेत्रका कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ का सरकारी जग्गा मिति २०६६ मंसिर २१ गतेको निर्णयबाट माधवबहादुर भट्टराईको नाममा दर्ता गराइएको थियो । उक्त कार्यमा मालपोत कार्यालय धनकुटाका कर्मचारी र अन्य व्यक्तिहरूको मिलेमतो रहेको पाइएको छ ।

    अनुसन्धानका क्रममा सरकारी अभिलेखमा रहेको जग्गा प्रचलित कानुनविपरीत दुषित रूपमा दर्ता गरी पछि ती जग्गा टुक्र्याएर अन्य व्यक्तिमा हक हस्तान्तरण गरिएको खुलेको छ । सिफारिस दिने क्रममा तत्कालीन तांखुबा गाउँ विकास समितिका सचिव भक्तबहादुर भट्टराईले स्थलगत सर्जमिन नगरी र आवश्यक कागजात नहेरी मिति २०६६ वैशाख २७ गते सिफारिस दिएको पाइएको छ । सोही दिन दर्ता भएपछि उनले कित्ता नम्बर ३८४ बाट ८ आना जग्गा खरिद गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ ।

    पछि उनले उक्त जग्गा २०७१ फागुन १८ गते विक्री गरेको विवरण पनि खुलेको छ । त्यसैगरी मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा स्वर्गीय रामबहादुर सुवेदीले गलत विवरण मिलाएर जग्गा दर्ता प्रक्रिया अघि बढाएको देखिएको छ । उनले सरकारी अभिलेखमा रातो मसीले केरिएको जग्गासमेतलाई आधार मानेर छुट जग्गा दर्ता प्रक्रिया मिलाएको आयोगको निष्कर्ष छ । अनुसन्धानबाट दर्ता प्रक्रियामा प्रयोग गरिएका कागजातहरू समेत असम्बन्धित र त्रुटिपूर्ण रहेको पाइएको छ । सरकारी नाममा रहेको जग्गालाई गलत आधार देखाई व्यक्तिको नाममा दर्ता गराउँदा राज्यलाई नोक्सानी पुगेको ठहर छ ।

    आयोगले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलिया, छुट जग्गा दर्ता समितिका सदस्य तथा तत्कालीन शाखा अधिकृत टंक प्रसाद दुवाडी, छुट जग्गा दर्ता समितिका सदस्य तथा नापी कार्यालय, धनकुटाका तत्कालीन सर्भेक्षक राजेन्द्र प्रसाद यादव, मालपोत कार्यालय, धनकुटाका तत्कालीन नायब सुब्बा छविलाल फूयलसँग जनही ६७ लाख ६८ हजार बिगो माग गरेको छ । त्यस्तै साविक तांखुवा गाउँ विकास समितिको कार्यालय, सचिव भक्त बहादुर भट्टराई र छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधव बहादुर भट्टराईसँग ६७ लाख ६८ हजार र अतिरिक्त १० लाख बिगो माग गरेको छ ।

    त्यसैगरी हालको जग्गाधनीहरू खगेन्द्र बहादुर थापा, हिमादेवी बस्नेत, ज्ञान कुमारी मगर, मित्र बहादुर मगर, अम्बर बहादुर मगर, पदम बहादुर सिजाली, निर्मला घिमिरे, ईन्द्र बहादुर मगर र स्व.पूर्ण बहादुर थापाको हक सकार गर्ने गजेन्द्र थापासँग सो जग्गा जफतको माग गरेको अख्तियारले जनाएको छ । उक्त प्रकरणमा संलग्न सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.