हेटौँडा । मनहरीमा जारी प्रथम स्वर्गीय गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिम एफसी मनहरी युवा क्लवले हात पारेको छ।प्रतियोगिताको हिजो सम्पन्न फाइनल खेलमा एफसी सिमरा युनाइटेडलाई ३–० गोल अन्तरले पाखा लगाउदै आयोजक टिमले उपाधिमाथि कब्जा जमाएको हो। चुरियामाई युवा क्लव मनहरी ७ को आयोजनामा क्षेत्रीय रंगशाला रमौलीमा भएको प्रतियोगिताको बिजयी बनेको एफसी मनहरी युवा क्लवले नगद ५० हजार र उपबिजेता बनेको एफसी सिमरा युनाइटेडले नगद २५ हजार र ट्रफी प्राप्त गरेको छ ।क्लवका अध्यक्ष श्रीकृष्ण राउतको अध्यक्षतामा भएको कार्यक्रम समापन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बानियाँले आयोजकलाई नगद १५ हजार हस्तान्तरण गरेका थिए । प्रतियोगिता समापन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, वडा नम्बर ७ का वडाअध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज उप्रेती, मनहरी उपभोक्ता समिति सदस्य पदमबहादुर तितुङ, इन्द्रबहादुर राउत, बिरू लामा, प्रकाश बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।








