• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोली चल्यो, ९ विद्यार्थीको मृत्यु

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोलीकाण्ड भएको छ ।

    बुधबार एक माध्यमिक विद्यालयमा १३ वर्षका विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकसहित ९ विद्यार्थीको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । आक्रमणपछि ती विद्यार्थीले आफैँमाथि पनि गोली प्रहार गरेका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

    प्रान्तीय गभर्नर मुकर्रम उनलुएरका अनुसार आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत विद्यार्थी थिए । उनी विद्यालय आउँदा झोलाभित्र पाँच थान हतियार र सात वटा म्यागजिन रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार ती हतियार पूर्व प्रहरी अधिकृत रहेका उनका बाबुको हुन सक्ने आशंका गरिएको छ ।

    घटनापछि विद्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अनुसन्धान सुरु गरिएको छ । गभर्नरका अनुसार आक्रमणकारी विद्यालयभित्र छिरेर पाँचौँ कक्षाका विद्यार्थी पढिरहेको दुई कक्षामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये केहीको शल्यक्रिया भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    यसबीच सामाजिक सञ्जालमा आएका भिडियोहरूमा गोली चलिरहेको बेला विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको माथिल्लो तलाबाट हाम फालेको देखिएको छ । न्यायमन्त्री अकिन गुरलेकले घटनाको गम्भीर छानबिन सुरु गरिएको जानकारी दिएका छन् ।

    यसअघि मंगलबार पनि टर्कीको सनलिउरफा प्रान्तमा अर्को गोलीकाण्ड भएको थियो । त्यहाँ १८ वर्षका एक युवकले आफ्नो पुरानो विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा १६ जना घाइते भएका थिए । तीमध्ये विद्यार्थी र शिक्षक दुवै थिए । आक्रमणपछि ती युवकले पनि आफैँमाथि गोली प्रहार गरेका थिए । त्यो घटना एक व्यावसायिक उच्च विद्यालयमा भएको थियो । आक्रमणकारी पूर्व विद्यार्थी रहेको र उनले शटगन लिएर विद्यालय पुगेको बताइएको छ । उनले कुनै निश्चित लक्ष्य नछानी गोली चलाएको र पछि विद्यालयभित्र लुकेर बसेको जनाइएको छ ।

    उक्त घटनामा १० विद्यार्थी, ४ शिक्षक, एक क्यान्टिन कर्मचारी र एक प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले विद्यालयलाई घेरेर विशेष कारबाही थालेको थियो। आक्रमणकारीले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि कारबाहीका क्रममा उनले आफैँमाथि गोली चलाएका थिए । लगातार दुई दिन विद्यालयमा भएका यी घटनाले टर्कीमा सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ ।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.