• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रगतको माग बढ्यो, दाता घट्दोः बिरामी समस्यामा

  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उहाँका अनुसार जिल्लामा दैनिक एकसय १५० युनिट सम्म रगतको माग हुने गर्दछ । यस आर्थिक वर्षको फागुनसम्ममा १६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १८१ छ ।

    अघिल्लो आव २०८१–८२ मा २८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५७७ युनिट र केन्द्रमा चार हजार ६४० युनिट रगत सङ्कलन भएको थियो । आव २०८०८१ मा २९८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट १८ हजार ४०९ युनिट र केन्द्रमा छ हजार ९२० युनिट रगत सङ्कलन भएको थियो । यसलाई हेर्दा केन्द्रमा आएर रक्तदान गर्नेहरुको सङ्ख्या घट्दो छ । गत वर्ष यहाँ ब्लड डोनर्स सोसाइटीले रक्तदान महोत्सव नै आयोजना गरी एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । प्रमुख पौडेलले देशैभरबाट बिरामी यहाँ आउने भएकाले रगतको माग बर्सेनि बढेको बताउनुभयो । रक्तदान गर्ने युवा जनशक्ति विदेश गएको, उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेहजस्ता रोगका कारण रक्तदान गर्न नमिल्ने भएका कारण दाता घटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन हुने गरेको छ ।”

    यहाँ माग उच्च हुँदा छिमेकी जिल्लाहरुबाट समेत रगत ल्याउने गरिन्छ । केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल छिमेकी १४ भन्दा बढी जिल्लाबाट सङ्कलन गरेर रगत ल्याउँदासमेत पु¥याउन नसकिएको बताउनुहुन्छ । यहाँ रहेका क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, सरकार भरतपुर अस्पताल र निजी अस्पतालमा आउने घाइते र बिरामीहरुका लागि रगतको माग बढ्दा सन्तुलन मिलाउन नसकिएको उहाँले बताउनुभयो । राजधानी काठमाडौँपछि धेरै रगत चितवनमा चाहिने भन्दै उहाँले सबैको साथ र सहयोगबाट मात्रै रगतको पूर्ति गर्न सकिने बताउनुभयो । देशभर रक्तदानमा उत्प्रेरणा गर्दै आएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी रेडक्रस सोसाइटीले सञ्चालन गरेका केन्द्रहरुले व्यवस्थापकीय रुपमा सुधार गर्नसकेमा रक्त सङ्कलन बढ्ने बताउनुहुन्छ ।

    केन्द्रले आम रक्तदाता र सङ्घ संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्नुपर्ने उहाँको सुझाव छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी आउने गर्दछन् । सबैभन्दा बढी रगत क्यान्सर उपचारमा खपत हुने गर्दछ । यस्तै चितवन मेडिकल कलेजले क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको छ । जहाँ रगतको माग उच्च हुने गर्दछ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाताहरुलाई उत्प्रेरित गर्नुपर्ने बताउनुहुन्छ । विद्यालय र क्याम्पसका पाठ्यक्रमहरुमा रक्तदानको महत्वको बारेमा जानकारी गराउनु पर्ने भन्दै उहाँले रक्तदान गर्नेहरुलाई राज्यका तर्फबाट केही सहुलियत हुनुपर्ने बताउनुभयो । उहाँले आफूले सञ्चालन गरेको श्री पुष्पाञ्जली अस्पतालमा स्थापनाका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रगत दिएकोमा १८ नयाँ भएको भन्दै उहाँले नयाँ रक्तदातालाई राज्यकै तर्फबाट उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.