• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद अनुरुपको व्यबहार गरे नगरेको प्रश्न उठेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन बैशाख ९ गते बहस गर्ने विषयहरु सार्बजनिक गर्दै नेता भट्टराईले पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथी पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परिक्षामा रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई सहि अर्थमा बुझेका छौं ? भन्ने प्रश्न गरेका छन् ।

    उनले भनेका छन्- ‘उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक संघर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसंग छ । तर प्रश्न छ के हामीले जबजलाई सहि अर्थमा बुझेका छौ? सोही अनुरूपको व्यवहार गरेका छौ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौ? यसमा नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो? पार्टी र आन्दोलनको पुनर्जागरण र पुन:उत्थानको मार्ग के हो? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गंभीर बहस गरौ ।’

    वैशाख ९ लाई कम्युनिष्ट आन्दोलनका लागि गम्भीर बहस गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन् । नेकपा स्थापना दिवसको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भट्टराईका अनुसार विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ लगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । स्थापना भएको ७६ वर्ष पूरा भई अब ७७औँ वर्षमा प्रवेश गर्न लागेको उल्लेख गरिएको छ ।

    उनले पार्टीले यस अवधिमा फुट, विभाजन, एकता र पुनर्गठनका विभिन्न चरण पार गरेको उल्लेख गर्दै सफलतादेखि असफलतासम्मका अनुभव बटुलेको बताएका छन् । साथै पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताले बनाएको विरासत जोगाउने चुनौती वर्तमान नेतृत्वसामु रहेको उनको भनाइ छ ।

    भट्टराईले जनताको बहुदलीय जनवादको व्यवहारिक प्रयोग, पछिल्लो निर्वाचनमा आएको धक्का, नीति, नेतृत्व, संगठन र कार्यशैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । उनले जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्दै पार्टी पुनर्जागरणको मार्ग खोज्नुपर्नेमा जोड दिएका छन् ।

    यस अवसरमा उनले वैशाख ९ गते अपराह्न २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई बहस तथा छलफलमा सहभागी हुन आह्वान गरेका छन् । साथै राजधानी बाहिर रहेका नेता–कार्यकर्तालाई पनि तोकिएको स्थानमा भेला भएर छलफल गर्न आग्रह गरेका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.