• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन प्रदर्शनी केन्द्रमा “चितवन अटो शो २०२६” हुँदै

  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर प्रदर्शनी केन्द्रमा दोस्रो संस्करणको “चितवन अटो शो २०२६” आयोजना हुने भएको छ। अटोमोबाइल व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त पहलमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघले सहकार्य गरेका छन्। कार्यक्रम वैशाख १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

    भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले चितवन तीव्र गतिमा विकासतर्फ अघि बढिरहेको उल्लेख गर्दै यस्ता प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। त्यस्तै, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले एउटै स्थानबाट विभिन्न सवारी साधन अवलोकन तथा खरिद गर्न पाउनु उपभोक्ताका लागि सहज र लाभदायक हुने बताए।

    कार्यक्रमका आयोजकका अनुसार अटो शोको मुख्य उद्देश्य नयाँ प्रविधि र सवारी साधनलाई उपभोक्तासमक्ष ल्याउनु हो। विशेष गरी विद्युतीय सवारी (ईभी) र स्मार्ट मोबिलिटी समाधानबारे जानकारी दिने, बजारमा आएको नवीनतम मोडलहरू प्रदर्शन गर्ने तथा सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने लक्ष्य राखिएको छ। संयोजक राजन पियाका अनुसार सवारी साधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा बैंकिङ र इन्स्योरेन्स सेवा एकै ठाउँमा उपलब्ध हुनेछन्, जसले उपभोक्तालाई निर्णय लिन थप सजिलो बनाउनेछ।

    अटो शोमा करिब ७५ वटा स्टल रहनेछन्, जहाँ विभिन्न ब्राण्डका कार, जिप, मोटरसाइकल र स्कुटर प्रदर्शन गरिनेछ। साथै, ग्राहकहरूका लागि विशेष छुट, आकर्षक अफर तथा तत्कालै फाइनान्स र बीमा सुविधा उपलब्ध हुनेछ। कार्यक्रममा सहभागी हुनेमध्येबाट तीन जना भाग्यशाली दर्शकलाई लक्की ड्रमार्फत उपहार प्रदान गरिनेछ। सामाजिक सञ्जालमा प्रचार सामग्रीलाई बढी शेयर र भ्युज गराउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

    यसका अतिरिक्त, कार्यक्रममा पुराना भिन्टेज सवारी साधन र महँगा बिग बाइकहरूको विशेष प्रदर्शनी हुनेछ। मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस र्‍यालीजस्ता गतिविधिहरूले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। तेस्रो दिन अटो क्षेत्रका विज्ञहरूको सहभागितामा सेमिनार आयोजना हुनेछ भने चौथो दिन विद्यालयस्तरीय विद्यार्थी र अभिभावकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

    आयोजकका अनुसार करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस अटो शोबाट झण्डै ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ। दैनिक रूपमा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि कार्यक्रमको आकर्षण रहनेछ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.