काठमाडौं । लोक सेवा आयोगले कोरोना भाइरस(कोभिड–१९) कारण उत्पन्न स्वास्थ्य सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राख्दै लिखित तथा अन्तरवार्ता जस्ता परीक्षाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।
बुधवार आयोगले सूचना जारी गर्दै लिखित तथा अन्तरवार्ता जस्ता कार्यक्रमहरु चैत मसान्तसम्म स्थगित गर्ने गरी यसअघि सूचना प्रकाशित गरिएकोमा हालसम्म पनि अवस्था सामान्य नभएकोले निर्धारित परीक्षाका कार्यक्रमहरु अर्को सूचना प्रकाशित नहुन्जेलका लागि स्थगित गरिएको बताएको छ ।








