• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ- राष्ट्रपति पौडेल

  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन् ।

    उनले लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता केवल सञ्चार क्षेत्रको विषय मात्र नभई नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार कार्यान्वयनसँग जोडिएको बताएका छन् ।

    प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै मजबुत हुने बताउदै उनले पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    उनले संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सूचना सङ्कलनदेखि प्रवाहसम्मको प्रक्रिया स्वतन्त्र र अवरोधरहित हुनुपर्ने बताउदै यसमार्फत सबै वर्ग र समुदायको आवाज प्रभावकारी रूपमा उठ्नुपर्ने उनको धारणा व्यक्त गरेका छन् ।

    राष्ट्रपतिले अपुष्ट, भ्रामक र आधारहीन सूचनाले नागरिकलाई दिग्भ्रमित पार्ने र सही विचार निर्माणमा बाधा पुर्‍याउने बताउदै स्वतन्त्र पत्रकारिताले सत्यको खोजी र तथ्यमा आधारित सूचना प्रवाह गर्दै समाजमा सही कुरा स्थापित गर्न ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

    उनले भनेका छन्- ‘ नागरिकलाई दिग्भ्रमित गर्ने अपुष्ट, भ्रामक, र आधारहीन प्रकाशन र प्रसारणका सूचना संप्रेषण गर्ने तथा आम नागरिकलाई सही विचार निर्माण गर्न बाधासमेत उत्पन्न गर्ने गर्दछ । त्यसैले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ ।’

    बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई भ्रमित पार्ने तथा प्रणाली कमजोर बनाउने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता चुनौती सामना गर्दै सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली सञ्चार क्षेत्रलाई यो दिवसले थप ऊर्जा र प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

    राष्ट्रपति पौडेलले संविधानले दिएको अधिकारको पूर्ण प्रयोग र संरक्षण गर्दै निर्भय रूपमा सक्रिय भई आमनागरिकसम्म सत्य सूचना पुर्‍याउन सञ्चार क्षेत्र सधैँ सफल रहोस् भन्ने कामना गरेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.